Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गणतन्त्रको संरक्षण वामपन्थीबाट मात्र हुन्छ : अधिकारी

पोखरा, कात्तिक २८। नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारीले वाम गठबन्धनले दुईतिहाई ल्याएपनि अहिलेको शासन व्यवस्था परिवर्तन नहुने बताएका छन ।

कास्कीको क्षेत्र नं १ को रिठ्ठेपानी र अर्घौँअर्चलेमा आयोजित छुट्टाछुट्टै चुनावीसभालाई सम्बोधन गर्दै उनले भने,“संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संरक्षण वामपन्थीबाट मात्र हुन्छ ।”

नेता अधिकारीले कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्घौँअर्चलेलाई साहित्यिक पर्यटकीयस्थल बनाउन आफूले पहल गर्ने बताए ।

प्रदेशसभा क्षेत्र नं १ (क) का उम्मेदवार दीपक कोइरालाले स्थिर सरकार र सुन्दर भविष्यका लागि वाम गठबन्धनको जित आवश्यक भएको धारणा व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका सल्लाहकार कोमलनाथ बराल र एमाले नेता श्रीनाथ बरालले आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धनको विजय आवश्यक रहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: