संयुक्त राहत संयन्त्र युएईको पहलमा टिकापुरका बाढीपीडितलाई कर्कटपाता हस्तान्तरण

मानबहादुर केसी ‘मुस्कान’

टिकापुर, कात्तिक २८ । संयुक्त राहत संयन्त्र युएईको पहलमा संकलित राहत सुदूरपश्चिम सेवा समाज युएई मार्फत कैलालीको टीकापुरमा बाढीपीडितलाई हस्तान्तरण गरिएको छ ।

कार्तिक २७ गते शनिबारका दिन कैलाली जिल्ला टिकापुर नगरपालिका बाढीले क्षतिग्रस्त भएका वडा नं.६ का चार परिवार र वडा नं.७ का २ गरी ६ परिवारलाई राहत स्वरूप करिब एक लाख मुल्य बराबरका कर्कटपाता हस्तान्तरण गरिएको हो ।

राहत बापत कर्कटपाता पाउँदा धेरै खुशी महशुस भएको अब भत्केको घरलाई नयाँ बनाउने भर्तापुरका बाढीपीडित धनीराम चौधरीले बताए । उनले सहयोगको भरमा नयाँ घर नबन्ने आफ्नो पर्यत्न पनि चाहिने भएकाले राहत सामग्री र आफ्नो तर्फबाट गर्न सक्ने कार्यले अबको केही दिनमा नयाँ घर बनाउने बताए । ‘जति छ त्यत्तिमै सन्तुष्ट हुनुपर्छ, एकै पल्ट राम्रो सुन्दर घर बन्दैन, घरमा रहेको सामान प्रयोग गरी नयाँ घर बनाउने जोहोमा छु’ उनले भने ।

संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपालीले बाढीपीडितलाई पठाएको राहत रकमले उक्त परिवारलाई कर्कटपाता प्रदान गरिएको हो । राहत बापत ६ परिवारलाई दुई–रदुई बण्डलका दरले कर्कटपाता प्रदान गरिएको छ । कर्कटपाता पाएपछि अब थप केही रकमको जोहो गरी नयाँ घर बनाउने भर्तापुरका दुर्गादेवी बुढाले बताईन । उनले घरमा रहेको अन्य पाता मिलाएर नयाँ घर बनाई शितलहरबाट बाँच्ने आशा जागेका बताए । घरमा अन्य कमाउने कोही छैन । मलाई अझै पनि सहयोग अपेक्षा छ, बुढाले भनिन् ।

प्रकोपले मानवलाई मात्र हैन सबैलाई दुःख दिने भएकोले युएईमा रहेका नेपालीले मानवीय रूपमा सहयोग गरेको र सहयोगले विकास हुने टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद आर्चायले बताए । उनले प्रकोपको बेला अन्य धनभन्दा ज्यान महत्त्वपूर्ण रहेकोले दुःखले शिक्षा मिल्ने, वातावरणमा अनुकुलन हुन सिकाउने बताए ।

संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीहरुले आफ्नो चिया खर्च बचाएर संयुक्त राहत संयन्त्र युएईको पहलमा जुटाएको राहत रकममध्ये कैलाली जिल्लाका बाढीपीडितका लागि छुट्याईएको एक लाख रुपैयाँ सुदूरपश्चिम सेवा समाज युएई मार्फत पठाएको पत्रकार एकिन्द्र तिमिल्सिनाले जानकारी दिदै दुःखको घडीमा सहयोग गर्ने सुदूरपश्चिम सेवा समाज युएईलाई र संयुक्त राहत संयन्त्र युएईलाई धन्यवाद दिएका थिए ।

राहत वितरण कार्यक्रममा बोल्दै पत्रकार गणेश चौधरीले पत्रकारको भूमिका महत्त्वपूर्ण रहेकोले पत्रकारहरू दुःख–सुखको सारथी बन्ने, एकआपसमा सम्बन्ध कायम गर्ने भएकाले पीडितलाई राहतको सहकार्यका सधै पत्रकार रहिरहने बताए ।

पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटले विदेशमा रहेका नेपालीले पठाएको राहतले राहतमात्र नभई नेपाली बिचको आत्मियता रहेकोले सहयोग महत्त्वपूर्ण रहने बताए । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीका सल्लाहकार धनबहादुर बुढामगरले राहत जुटाएकोमा सुदूर पश्चिम सेवा समाज युएईलाई र संयुक्त राहत संयन्त्र युएईलाई धन्यवाद दिएका थिए । उनले विदेशमा नेपालीलाई जति दुःख भएपनि नेपाल र नेपाली प्रतिका माया प्रगाढ हुने भएकाले नेपालीको दुःखमा नेपालीले अग्रसर भई विगत देखि अहिले सम्म सहयोग गरि रहेको बताए ।

एकिन्द्र तिमील्सिनाको सहयोगबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: