नयाँ शक्तिका केन्द्रिय सचिवालय सदस्य तामाङको नेतृत्वमा नेता-कार्यकर्ता वाम गठबन्धनमा प्रबेश

काठमाडौँ,  कात्तिक २८ । आर्थिक सम्बृद्दि र संस्कृतिक रुपान्तरणको नारा दिँदै वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापना भएको नयाँ शक्ति यतिबेला देशव्यापीरुपमा विघटनको संघारमा पुगेको छ ।  देशैभरी ठुलो संख्यामा नयाँ शक्तिका नेता-कार्यकर्ताहरुले सामूहिक विद्रोह गर्दै माओवादी केन्द्र र एमालेको वाम गठबन्धनमा प्रवेश गर्ने क्रम तिव्र बन्दै गएको छ।

देशभर नयाँ शक्तिबाट बिद्रोह गर्दै वाम गठबन्धनमा प्रबेश गर्ने क्रम चलिरहेका बेला मंगलबार नयाँ शक्ति केन्द्रिय सचिवालय सदस्य एबम् रसुवा जिल्ला इन्चार्ज तेम्ब्रेल तामाङको नेतृत्वमा नयाँ शक्तिका दर्जनौँ नेता-कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

याे पनि पढ्नुस  डा. केसी समर्थकसँग डा.भट्टराई दम्पती !

तामाङको नेतृत्वमा नयाँ शक्ति महिला केन्द्रिय सचिवालय सदस्य तथा रसुवा जिल्ला सचिवालय सदस्य चमेली विक (शिला), नयाँ शक्ति शिक्षक समाज नेपालका केन्द्रिय परिषद् सदस्य शिशिर न्यौपाने, नयाँ शक्ति रसुवा-काठमाण्डौ सम्पर्क संयन्त्रका कार्यबाहक अध्यक्ष उदय घिमिरे, नयाँ शक्ति जिल्ला कार्यकारिणी सदस्य भिम तामाङ, जिबन सुनुवार, रसुवा-काठमाडौ सम्पर्क समितिका सह-सचिव चेनजेन तामाङ लगायत दर्जनौँ नेता-कार्यकर्ता नयाँ शक्ति दक्षिणपन्थी शक्तिहरुसंग घाँटी जोड्न पुगेको आरोप लगाँउदै गठबन्धनमा प्रबेश गरेका हुन् ।

याे पनि पढ्नुस  माओवादीलाई एक्लो र शक्तिहीन पार्ने रणनीतिमा ओली र बाबुराम

नयाँ शक्ति राजनैतिक र बैचारिक रुपमा अस्पष्ट र दिशाहिन बन्दै गएको भन्दै उनिहरु भक्तपुरमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाई गठबन्धनमा प्रबेश गरेका हुन् । राजनैतिक स्थायित्वसहितको आर्थिक सम्बृद्दिको नेतृत्व अव वाम गठबन्धनबाट मात्र सम्भब हुने भएकाले आफुहरु गठबन्धनमा प्रबेश गरेको तामाङले बताए ।

स्थानिय निर्वाचनमा नयाँ शक्तिले देशभरबाट चुनाव जितेको २ तह मध्यको एक पार्वतीकुण्ड गाउँपालिकाका स्थानीय बासिन्दासमेत रहेका तामाङ नै वाम गठबन्धनमा प्रवेश गरेपछि अब रसुवा जिल्लाको नयाँ शक्ति लगभग विघटनको संघारमा पुगेको छ । यसले रसुवा जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभामा वाम गठबन्धनको जितलाई थप सुनिश्चित बनाएको माओवादी केन्द्र रसुवाका बरिष्ठ उपाध्यक्ष माधव लामिछाने समिरले बताए ।

याे पनि पढ्नुस  नयाँ शक्तिमा ठूलो विद्रोह, ७० जना केन्द्रीय नेताहरु समानान्तर पार्टी गठन गर्दै

सोहि कार्यक्रममा नयाँ शक्तिका केन्द्रिय कार्यकारिणी सदस्य भीमबहादुर कडायत नेतृत्वको केन्द्रिय वाम ध्रुवीकरण सम्योजन समिति र नेकपा एमालेबीच पार्टी एकता भएको छ ।

कमेन्ट गर्नुहोस्