पुनर्वासका मेयर पदका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश

पुनर्वास, कार्तिक २८ । स्थानीय तह निर्वाचनमा फोरम लोकतान्त्रिकबाट पुनर्वास नगरपालिकाको प्रमुख (मेयर) पदका उम्मेदवार झुठा राना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएपछि कांग्रेस प्रवेश गरेका राना कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपयुक्त नभएको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आसन्न चुनावमा नेपाली कांग्रेसबाट कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिवानसिंह विष्टले यसअघि जितेर पनि केही गर्न नसकेकाले वाम गठबन्धनकी उम्मेदवार बिना मगरललाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको रानाले बताए ।

याे पनि पढ्नुस  आरक्षण होइन, योग्यता विकास गर्नुहोस्ः अध्यक्ष प्रचण्ड

‘दक्षिणी क्षेत्रको विकास गर्न अब कांग्रेसका नेताबाट सम्भव छैन । वाम गठबन्धनले मात्रै विकासबाट वञ्चित क्षेत्रको प्रगति गर्न सक्ने भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको हुँ,’ उनले भने ।

कांग्रेससँग फोरम लोकतान्त्रिकको पार्टी एकीकरणपछि कांग्रेस नेता बनेका राना माओवादीमा प्रवेश गर्दा कांग्रेसलाई पुनर्वास क्षेत्रमा धक्का लागेको छ । एकपछि अर्को गर्दै स्थानीय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्न थालेपछि १ नम्बर क्षेत्रमा बिना मगर लगायत वाम गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले जित्ने माहौल बन्दै गएको माओवादी केन्द्रले दावी गरेको छ ।

याे पनि पढ्नुस  संसदीय पद्धतीमा एमालेको प्रहार, प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत राजीनामा दिने

तत्कालीन फोरम लोकतान्त्रिकको विद्यार्थी संगठनकी केन्द्रीय सदस्य द्रोपति राना समेत माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । ‘अघिल्लो निर्वाचनमा पराजित भएर पनि दक्षिणी क्षेत्रको विकासका लागि बिना मगर निरन्तर सक्रिय रहेकाले बिना दिदीबाट प्रभावित भएर माओवादी केन्द्रमा प्रवेश गरे,’ उनले भनिन्, ‘यसअघि चुनाव जितेर गएका नेताले दक्षिणी क्षेत्रको तीब्र विकास गर्न नसकेकाले यसपालि बिना मगरलाई जिताउने अभियानमा सबै आवद्ध हुनुपर्छ ।’

याे पनि पढ्नुस  जिसस निर्वाचनमा काँग्रेस र माओवादीबीच चुनावी तालमेल हुने

पुनर्वास नगरपालिकामा कांग्रेसका सक्रिय सदस्य फणिन्द्रराज सापकोटा, मदन उपाध्याय, गोपाल कुँवर, धिरेन्द्र विष्ट, लक्ष्मण जोशी, राप्रपाका स्थानीय नेता हरि रोकाया र विद्यार्थी नेता शान्ति जोशी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्