दुर्व्यसनसम्बन्धी सन्देश दिन ‘जुभेनियल’

 

काठमाडौँ, कात्तिक २९ । लागूऔषधको दुर्व्यसनबाट समाजमा युवा युवतीलाई पार्ने समस्याबारे सन्देश दिने उद्देश्यले ‘जुभेनियल’ नामक चलचित्र निर्माण सम्पन्न भएको छ ।

मुलुकका कर्णधारका रुपमा लिइएका युवा वर्गले विभिन्न कारण र परिवेशले गर्दा दुव्र्यसनको सिकार हुनपरेको बाध्यता तथा घर परिवारमा अभिभावकलाई परेको असरबारे समेटेर सो चलचित्र निर्माण गरिएको हो ।

करिब एक घण्टा लामो सो चलचित्र छोटा चलचित्रको वर्गीकरणमा राखिएको छ । चलचित्रमा विद्यालय र कलेजका विद्यार्थी बढी प्रभावित भएको सन्देश दिइएको छ ।

‘ड्रिम वल्र्ड अफ फिल्म मेकर’ ब्यानरमा निर्देशक सोवनम मुखियाले निर्देशन गरेको उक्त चलचित्रमा दुव्र्यसनबाट गरिब, धनी दुवै वर्गमा समस्या देखिएको कथालाई चलचित्रमा समावेश गरिएको छ ।

अभिभावकले आफ्ना बालबालिकालाई उचित रेखदेख पु¥याउन नसकेमा पनि उनीहरु दुव्र्यसनमा फस्न सक्ने र त्यसबाट बाहिर निस्कनका लागि विभिन्न पुनःस्थापना केन्द्रमा आवश्यक अभ्यास गर्नुपर्ने शिक्षा दिइएको छ ।

विभिन्न चलचित्रका माध्यमबाट अन्तरराष्ट्रिय तहका पुरस्कार प्राप्त गरिसक्नुभएकी मुखियाले युवालाई राम्रो शिक्षा दिने र सिर्जनशीलतामा व्यस्त गराउने कार्यमा राज्यले ध्यान दिनसकेमा उनीहरु वैज्ञानिक, अनुसन्धानकर्ता, राष्ट्रसेवकलगायतका माध्यमबाट सामाजिक रुपान्तरणमा सक्रिय हुने बताउनुभयो ।

उहाँले उनीहरुलाई नराम्रो संगतको प्रभावले दुव्र्यसनतर्फ उन्मुख गराउने र त्यसका दुष्परिणामले समाजको चौतर्फी विकासमा बाधा पुर्याउने शिक्षा चलचित्रमा रहेको बताउनुभयो ।

काठमाडौँ उपत्यकाका निजी तथा सामुदायिक विद्यालय तथा केही कलेजमा आगामी मंसिरमा च्यारिटी शो गरिने निर्माता माधव पौडेलले जानकारी गराउनुभयो ।

कमेन्ट गर्नुहोस्