Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सधै जनताले राज्य खोज्ने अवस्थाको अन्त्यका लागि बामपन्थी सरकारः नेता पोख्रेल

 

दाङ, कार्तिक २९ । नेकपा एमालेका स्थानीय कमिटी सदस्य शंकर पाखरेलले सधै जनताले राज्य खोज्ने अवस्थाको अन्त्यका लागि बामपन्थी सरकार आवश्यक रहेको बताएको छ ।

अनेरास्ववियु क्षेत्र नं.२ अन्तर्गत १ र २ ले घोराहीमा आज आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो कुरा बताएको हो । उनले सधै जनताले राज्य खोज्ने होइन, अब राज्यले जनता खोज्ने वातावरण बनाउन बामपन्थीको सरकार आवश्यक रहेको जिकिर गरे ।

‘अप्ठ्यारो परेको बेला सधै जनताले राज्य कहाँ छ भन्दै खोज्नुपर्ने अवस्था छ’– निर्वाचन क्षेत्र नं.२ अन्तर्गत प्रदेशसभा १ का उम्मेदवार समेत रहेका नेता पोख्रेलले भने । कल्याणकारी सरकार निर्माणका लागि बाम गठवन्धनलाई जिताउन आम दाङवासीहरुलाई आग्रह गदैँ– नेता पोखरेलले ‘अबको विकास र समृद्धिका लागि दलको संख्या घटाउनुपर्छ । यसको सुरुवात बामगठवन्धनले गरिसकेको छ । हिजो राजनीतिक अधिकारकालागि धेरै दलको आवश्यकता परेपनि देशको विकासकालागि भने धेरै दल वाधक सावित भइसकेको छ’ भने । उनले धेरै पार्टी राजनीतिक स्थायित्वका लागि दलहको संख्या घटाउन आवश्यक रहेको समेत बताए ।

राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन बाम गठवन्धनको आवश्यकता औंल्याउदै नेता पोखरेलले काँग्रेसले लिएको भनिएको उदार अर्थतन्त्रले कमिसनखोरलाई मात्रै बढावा दिने ठोकुवा गर्नुभयो । उनले विद्यार्थीहरुलाई बाम गठवन्धनलाई जिताउन सक्रिय भएर लाग्न निर्देशनसमेत दिए ।

अनेरास्ववियु दाङका उपाध्यक्ष सर्जन परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका सक्रिय सदस्य युवा व्यवसायि कृष्ण सुवेदी एमालेमा प्रवेश गरेको थियो । नवप्रवेशी सुवेदीलाई कार्यक्रमका प्रमुख अतिथी शंकर पोखरेलले टिका लगाएर स्वागत गरेको थियो । कार्यक्रममा अनेरास्ववियुका जिल्ला कोषाध्यक्ष विराज डिसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सहसचिव इन्द्र खड्काले गरेको थियो ।

विद्यार्थीहरुलाई मतदाता शिक्षा

यसैगरी अनेरास्ववियुका नेता, कार्यकर्ताहरुलाई मतदाता शिक्षा दिइएको छ । बामगठवन्धनका उम्मेदवारलाई विजयी गराउन नेकपा एमाले सामाजिक विभाग केन्द्रीय सदस्य विकिरण गौतमले विद्यार्थीहरुलाई प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनको मतपत्र, उम्मेदवारहरुका चिन्ह, समानुपातिक मतपत्र र चिन्हका विषयमा जानकारी दिएको हो ।

ती विद्यार्थीहरुलाई मतदाता शिक्षाकालागि गाउगाउमा परिचालन गरिने एमाले दाङका जिल्ला सदस्य एवं घोराही उपमहानगर इन्चार्ज विवेक श्रेष्ठले जानकारी दिए । यसैबीच नेकपा एमाले घोराही उपमहानगरपालिका–४ सुनपुरमा पनि वामगठवन्धनको चुनावी सभा बुधवार भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: