अब विद्युत महसुल ‘आईएमई पे’ द्वारा गर्न सकिने

हेमन्त भण्डारी

काठमाडौं, कार्तिक २९ । विद्युत् महसुल बापतको रकम अबदेखि ‘आर्ईएमई पे’ बाट भुक्तान गर्न सकिने भएको छ । देश–विदेशमा रहने सबैले यस्तो सेवामार्फत विद्युत् महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

नेपाल बिद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा शुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो । यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ ।

याे पनि पढ्नुस  'आईएमई पे गरौँ, व्यवसाय बढाऔं' भन्ने नारासहित आईएमई पे को बी टु बी सेवा शुरु

नेपाल विद्युत प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्वतीबाट गर्न सुरु गरिसकेको छ । प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्ग गर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेट मार्फत नेपाल बिद्युत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवा लिन सकिन्छ भने ‘आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था मिलाईएको छ ।

याे पनि पढ्नुस  एसईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तान गर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।

कमेन्ट गर्नुहोस्