नयाँ शक्तिमा एकजना संयोजक मात्रै बाँकी

राजेन्द्र न्यौपाने

गोरखा, २९ कार्तिक । नयाँ शक्ति नेपालमा अव एक जना संयोजक मात्रै बाँकी रहेको तथ्य बाहिर आएको छ ।

नयाँ शक्तिका केन्द्रीय परिषद सदस्यहरु र कलाकारहरु सबै एमालेमा प्रवेश गरेको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताए ।

बुधबार पालुंटारमा आयोजित सभामा नयाँ शक्तिका विदेश विभाग प्रमुख एवं नयाँ शक्तिको शिक्षक संगठनका प्रमुख इन्द्रराज भट्टराई माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

भट्टराईका आफ्नै सहगोत्री र नयाँ शक्तिका सूरुदेखिका योजनाकार समेत रहेका इन्द्रराज माओवादी केन्द्र प्रवेश गरेसँगै बाबुराम भट्टाराईसँग उनकी श्रीमति हिसीला बाँकी रहेको उनले बताए ।

आज गोरखाका विभिन्न ४ स्थानमा भएका कार्यक्रम पछि बाबुराम अतालिएको नयाँ शक्तिका एक नेताले जानकारी दिएका छन् । तत्कालै पालुंटार, भच्चेक, घ्याम्पेसाल लगायतका स्थानमा काँग्रेससँग मिलेर चुनावी सभा गर्ने छलफल भईरहको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्