बाबुरामका सुरक्षा सल्लाहार प्रमुख माओवादीमा प्रवेश

राजेन्द्र न्यौपाने

गोरखा, २९ कार्तिक । पूर्व प्रधानमन्त्री एवं डा.बाबुराम भट्टराईका सुरक्षा सल्लाहारका बोधराज अधिकारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पालुंटारमा माओवादीको छैटौ विस्तारीत बैठक हुँदा देशैभरीबाट आएका नेता तथा कार्यकर्ताहरुलाई सहयोग समेत गरेको पूर्व सुरक्षाकर्मी अधिकारी आज पालुंटारमा आयोजित सभामा प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

बाबुरामसँग रहँदा आफूले चिनेको कोही मानिसहरु पनि नभेट्दा नरमाईलो लागेको उनले बताए ।

देश विकासको गतिमा अघि बढ्न लाग्दा एउटा व्यक्तिको पछि लागेर नहुने भएकाले आफू बाम गठबन्धनमा फर्किएको उनले रातोपाटीलाई बताए ।

कमेन्ट गर्नुहोस्