काठमाडौं, कात्तिक २९ । तत्कालीन कर फर्छ्यौट आयोगका संयोजक लुम्बध्वज महत र सदस्य उमेश ढकालले विशेष अदालतल आज विशेष अदालत समक्ष आत्मसमर्पण गरेका छन् ।
कर फर्छ्यौट आयोगमा रहँदा अस्वभाविक रुपमा कर छुट दिएको अभियोगमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि फरार रहेका महत र ढकाल आफैं अदालत हाजिर भए ।
तीनपटकसम्म कर फर्छ्यौट आयोगमा रहेका महत, ढकाल र सदस्य सचिव चुणामणि शर्माले अस्वभाविक रुपमा २० अर्बभन्दा धेरै कर छुट दिएको पाइएपछि अख्यितारले छानबिन थालेको थियो ।
त्यही अभियोगमा तत्कालीन आयोगका सदस्य सचिव एवं आन्तरिक राजस्व विभागका महानिर्देशक चुणामणि शर्मालाई अख्तियारले गएको जेठ १९ गते पक्राउ गरे पनि महत र ढकाल फरार थिए ।
महत संयोजकत्वको आयोगले ३० अर्ब ५२ करोड रुपैंयाको राजस्व फस्यौंट गर्दा ९ अर्ब ५४ करोड रुपैंयामात्रै राज्यकोषमा दाखिला गरेर बाँकी अनियमित ढंगले मिनाहा गरिएको थियो ।
शर्मालाई अख्यिारले पक्राउ गरे पनि सर्वोच्च अदालतले बन्दीप्रतक्षिकरणमार्फट छाड्न आदेश दिएको थियो ।
यसैबीच, विशेष अदालतले अकुत सम्पति आर्जनमा पक्राउ परेका निवर्तमान सांसद सञ्जय टक्लासँग ५० करोड धरौटी माग गरेको छ । टक्ला अहिले पनि थुनामा छन् ।