ग्रीसमा बाढीमा परी कम्तिमा १५ को मृत्यु, ३७ जना घाईते

मध्य ग्रिसको औद्योगिक शहरहरु मान्ड्रा, निया पेरामोस र नेगारा बढी प्रभावित भएका छन् । रातभरी परेको भारी वर्षाले बाढी आउँदा कम्तिमा १५ जनाले ज्यान गुमाएको अधिकारीहरुले बताएका छन् ।

मृतकमा अधिकांश जेष्ठ नागरिक रहेको र उनीहरुको शब घरभित्रै भेटिएको जनाइएको छ ।

बाढीमा परी घाईते भएका ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । केही मानिसहरु अझै पनि हराईरहेका छन् ।

बाढीले बगाएर ल्याएको रातो माटोले ठाउँठाउँमा सडक अबरुद्ध पारेको छ । बाढी प्रभावित क्षेत्रमा उद्दारकर्मी परिचालन गरिएको छ ।(एजेन्स)

कमेन्ट गर्नुहोस्