गुल्मीमा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते

गुल्मी, कात्तिक ३० । गुल्मीमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । अरु १३ जना घाइते भएका छन् । बुधबार राति मलामी गएर तम्घास फर्किँदै गरेका मानिस चढेको लु १ ज १५२१ नम्बरको जिप रेसुङ्गा नगरपालिका–४ अर्खलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तुको वाडगंगा नगरपालिकाका ५५ वर्षका रुद्रबहादुर डेगाको ज्यान गएको जिल्ला प्रहरी ट्राफिक कार्यालय गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेको पाल्पामा उपचार भइरहेको छ ।  अरु ७ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उकालोमा ब्रेक फेलभई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि गम्भीर घाइते छन् ।

कमेन्ट गर्नुहोस्