नेपाली व्यापारीमाथी सीमावर्ती क्षेत्रमा गोली प्रहार

सर्लाही, कात्तिक ३० । सर्लाही सदरमुकाम मलंगवाका एक व्यापारी माथी भारतीय भूमीमा गोली प्रहार भएको छ ।

सदरमुकाममा थोत्रा सामान संकलन गरेर व्यापार गर्दै आएका मलंगवा नगरपालिका– ९ बस्ने ३७ वर्षीय राकेश चौधरीमाथी गोली प्रहार भएको हो ।

भारतको सोनवर्षाबाट मलंगवा फर्किने क्रममा बुधबार राती ८ बजेतिर भारतको सीतामढी जिल्ला स्थित चिलरा मोडमा नचिनेका मानिसले जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

याे पनि पढ्नुस  धनुषामा गोली चल्यो, प्रधानाध्यापक नरेन्द्रकुमार शर्मा घाइते

पेट बायाँपट्टी गोली लागेर घाईते भएका चौधरीलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी नेशनल मेडिकल कलेज वीरगञ्ज रेफर गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आमल खाँ ले जानकारी दिए ।

व्यापारी माथी गोली प्रहार गर्नेहरुको सर्लाही प्रहरी र भारतको सोनवर्षा प्रहरीले खोजी गरिरहेका छन् ।

याे पनि पढ्नुस  अमेरिकी एक स्कूलमा फेरि गोली प्रहार

घटना भारतमा भएपनि घटना संलग्नहरुको खोजी गर्न आफूहरुले पनि सहयोग गरिरहेको एसपी खाँ ले बताए ।

कमेन्ट गर्नुहोस्