विप्लव कमरेडले व्यक्तिगत इगो देखाउँदै छन्: रञ्जित तामाङ

'यो पटक वामगठबन्धनले आरामसँग ६८ प्रतिशत मत ल्याउँछ'
मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा चुनौती बढेको छ । खास गरी बाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी बम र गोली प्रहारका घटना भएका छन् । औपचारिक रुपमा घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन । तर, सुरक्षा संयन्त्रले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको घटनामा संलग्नता रहेको बताएको छ । बामपन्थी उम्मेदवारमाथिको आक्रमण, चुनावी परिणाम लगायत विषयमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङसँगकाे कुराकानी

तपाईं चुनावी अभियानको सिलसिलामा देश दौडाहामा हुनुहुन्छ । कस्तो परिणामको आंकलन गर्नुभएको छ ?

नेपालमा राजनीतिक ध्रुवीकरण तीव्र भएको छ । ध्रुवीकरणको नेतृत्व बाम गठबन्धनले गरेको छ । बाम गठबन्धन नेपालको राजनीतिलाई उलटपुलट गर्ने परिघटना हो । यसै त नेपाल ६८ प्रतिशत कम्युनिष्ट जनमत भएको मुलुक हो । बाम गठबन्धन भएपछि झन् सिंगो देश बामपन्थीमय भएको छ । एमाले र माओवादी केन्द्र तथा अरु पनि साना कम्युनिष्ट पार्टी एक ठाउँमा उभिएपछि यो गठबन्धनको दुई तिहाई बहुमत आउनबाट कसैले रोक्न सक्ने देखिंदैन । मतको तथ्यांकमा हेर्दा होस्, राजनीतिक एजेण्डाका आधारमा होस्, विगतमा अहिलेको राजनीतिक प्रणाली स्थापित गराउनका लागि गरेको बलिदानीपूर्ण संघर्षको अगुवाइका कारण होस् वा मुलुकको विकासका लागि छोटै समय भए पनि बाम नेतृत्वका सरकारले गरेका सकारात्मक कामहरुका कोणबाट हेर्दा स्पष्ट छ कि योपटक गठबन्धनले आरामसँग दुई तिहाई ल्याउँछ । देशभर बामपन्थीबाहेक कसैको लहर देखिन ।

देशको आवश्यकताले भन्दा पनि नेताहरुको स्वार्थले गठबन्धन बनाउन भूमिका खेलेको भन्ने टिप्पणीहरुबारे के भन्नुहुन्छ ?

यो नेपालका ६७ प्रतिशत बाम समर्थकसहित मुलुकको स्थायित्व र विकास चाहने मतदाता, विद्यार्थी, किसान, मजदुर, महिला, वृद्धवृद्धा सबैको चाहना हो । बामपन्थी सरकारले मात्र मुलुकलाई विकास, समृद्धि र स्थायित्व दिन सक्छ भन्ने विश्वास आमजनतामा व्याप्त छ । त्यही विश्वासका कारण बाम गठबन्धन बनेको हो ।

स्पष्ट छ कि योपटक गठबन्धनले आरामसँग दुई तिहाई ल्याउँछ । देशभर बामपन्थीबाहेक कसैको लहर देखिन ।

एमाले र माओवादी दुवैको विचार मिल्छ, सिद्धान्त मिल्छ, समाजवाद स्थापना गर्ने लक्ष्य एउटै हो । जब उद्धेश्य समान छ भने मुलुकलाई अगाडि बढाउने उद्देश्यमा आधारित भएर किन नमिल्ने ? कमरेड प्रचण्ड र कमरेड केपी ओली देशको आवश्यकता र जनताको भावनाको सम्मान गर्दै एक ठाउँमा उभिनुभएको हो । त्यसलाई सारा जनताले सम्मानपूर्वक स्वीकार गरिसकेका छन् ।

विगतमा माओवादी केन्द्रले एमालेलाई ‘दक्षिणपन्थी, संशोधनवादी, भाई काँग्रेस’ आदि आरोप लगाउँथ्यो । एमालेले माओवादीलाई उग्रबामपन्थी भन्थ्यो, माओवादीको १० वर्षे जनयुद्धलाई उसले आफ्ना आधिकारिक दस्तावेजमार्फत नै ‘समाज पछि पार्ने कलंकित आन्दोलन’ र ‘मान्छे मार्ने उद्योग’ को संज्ञा दिएको थियो । अनि अहिले आएर कसरी हामी दुवैको उद्देश्य समान हो भनेर ढाँट्न मिल्छ ?

त्यो स्वाभाविक कुरा हो । हामी नेपालमा गणतन्त्र ल्याउनुपर्छ भनेर जनयुद्ध सञ्चालन गर्दैगर्दा कुनै एक कालखण्डमा नेकपा एमालेले गणतन्त्र स्वीकार गरेको थिएन । उसले राजतन्त्र नै ठीक भन्ने नीति अंगीकार गरेको थियो । एमालेको पार्टी विधानले नै राजाको वैधानिक अधिनायकत्व स्वीकार गरेको थियो । एमालेले संघीयता र धर्मनिरपेक्षता स्वीकार गरेको थिएन । जनताका मौलिक हकअधिकार स्थापित गर्न संविधानसभामार्फत संविधान जारी गर्ने विषयमा आनाकानी गरेको थियो । समानुपाकित समावेशी प्रतिनिधित्व स्वीकार गरेको थिएन ।

कमरेड प्रचण्ड र माओवादी आन्दोलनबाट जतिसुकै सिके पनि विप्लव प्रचण्डको उत्तराधिकारी पुस्ताको मान्छे होइन ।  उहाँका कुनै पनि गतिविधिले विप्लव माओवादीको र कमरेड प्रचण्डको उत्तराधिकारी हुनै सक्नुहुन्न । एउटै पार्टीमा हुँदा पनि जिम्मेवारी र क्षमताका हिसाबले प्रचण्ड हजुरबा र विप्लव नाति पुस्ताको नेता हो ।

२०४७ सालको संविधानको फुलिस्टप र कमा समेत फर्न मिल्दैन भन्नुहुन्थ्यो एमालेका नेताहरु । त्यतिबेलाको संवैधानिक राजतन्त्रवादी र काँग्रेससँग सहकार्यमा रहेको एमालेलाई हामीले धेरै भनेकै हो । हामीले गणतन्त्रको नारा लगाउँदै गर्दा र परिवर्तनका एजेण्डाहरु बोक्दै गर्दा एमालेले माओवादीको जनयुद्धबाट परिवर्तन संस्थागत होला भन्ने सोचेकै थिएन ।

एमालेले पनि हामीमाथि विभिन्न प्रकारका धारणा र दृष्टिकोणहरु राखेकै हो । तर एमालेले आज गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधत्वको सिद्धान्तसहित माओवादी जनयुद्धका सबै एजेण्डालाई स्वीकार मात्र गरेको छैन । आत्मसात गरिसकेको छ । एमालेले हामीसँगको सहमतिमा पहिलोपटक जनयुद्धलाई स्वीकार गरेको छ । हामी पनि ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने मान्यताबाट केही पछि हटेर राजनीतिक प्रतिस्धर्पाबाटै समाज रुपमान्तरण गर्न सम्भव छ भनेर यहाँसम्म आएका छौं । अब हिजोको परिस्थितिमा एकले अर्कामाथि लगाएका सबै आरोपहरु खारेज भइसकेका छन् । परिर्वित सन्दर्भमा नेकपा एमाले र नेकपा माओवादी एक ठाउँमा उभिनु स्वाभाविक छ । हिजो हाम्रा कुराहरु उहाँहरुले पत्याउनु भएको थिएन । उहाँहरुले हिजो भनेका कुराले मुलुक चल्दैन । यो परिवर्तन हुन्छ भन्ने हामीलाई लागेको थियो । घटना, समय र सन्दर्भले हामीलाई विगतको समीक्षा गरेर आज एकै ठाउँमा उभिनुपर्ने अवस्थामा ल्याइदिएको छ । यो गठबन्धनलाई अझै बलियो बनाएर एउटै कम्युनिष्ट पार्टी बनाउन हामी लागिपरेका छौं ।

तपाईंहरुबाटै अलग्गिएर गएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बामपन्थी उम्मेदवारलाई लक्षित गरेर बम र गोली हान्ने काम गरिरहेको छ । यसलाई कसरी लिने ?
विप्लव कमरेडले आफ्नो पार्टीलाई राजनीतिक शक्ति दाबी गर्दै आउनुभएको छ । उसका देष्टिकोण, कार्यक्रम, कार्यदिशा जे भएता पनि नेकपाले आफूलाई राजनीतिक शक्तिका रुपमा स्थापित गर्न खोजेको देखिन्छ । तर, राजनीतिक शक्तिका नाममा गैरराजनीतिक क्रियाकलाप अगाढि बढाउनुभएको छ । राजनीति र क्रान्तिका नाममा माओवादीका नेतालाई सुतली बम हान्ने, बम भन्दै रेडबुल खाएर त्यसका बोत्तल फालेर तर्साउन खोज्ने काम गर्नुभएको छ । त्यसमा पनि जोसँग विगतमा एउटै पार्टीमा बस्दा व्यक्तिगत इगो थियो । ती नेताहरुलाई निशानामा पार्ने र प्रचार–प्रचारमा आउन, मिडियामा छाउन र सस्तो चर्चा बटुल्नका लागि यस्ता कर्हतहरु गरिरहनुभएको छ । हामीले सभ्य भाषामा उहाँहरुका अराजनीतिक गतिविधिको राजनीतिक तवरले प्रतिवाद गरिरहेका छौं । राजनीतिक शक्ति हो भने राजनीतिक शक्तिका रुपमा प्रस्तुत हुनुपर्छ उहाँहरुले । राजनीतिक शक्ति हो भने हामी त्यही रुपमा तपाईंलाई सम्मान गर्छौ । होइन यस्तै केटाकेटी तरिकाले जिस्क्याउने, कसैलाई हप्काउने वा नाङलो ठटाएर हात्ती तर्साउन खोजेको हो भने त्यसको त्यहीअनुसार हामीले पनि प्रतिवाद गर्नुपर्ने हुन्छ ।

त्यसो भए उम्मेदवारको गाडीमा लक्षित गरेर बम विस्फोट गराएको र गोली हानेको हत्याको उद्देश्यले होइन, जिस्क्याउन मात्र रहेछ हो ?
माओवादी बन्दुक, गोली, बारुदसँग खेलेर आएको हो । ठूलठूला आक्रमणहरु, सयौं बम र ठूलठूला रकेट लञ्चरसँग नडराई लडेर राजतन्त्र फालेको पार्टी हो । फेरि विप्लव कमरेडलाई राम्रोसँग थाहा छ कि उहाँले जसजसलाई लक्षित गरेर रोल्पा र रुकुममा आक्रमण गर्नुभएको छ । उहाँहरु त बम र गोलीसँग कहिल्यै नडराउने नेताहरु हो । जनयुद्धमा भएका सबैभन्दा ठूला फौजी कारबाहीहरुको योजनाकार र मैदानमै गएर नेतृत्व गरेका नेताहरु एउटा कटुवा पेस्तोलबाट हवाई फायर गर्र्दैमा, एउटा सुतलीबम फाल्दैमा डराएर तर्सेलान् भन्ने विप्लव कमरेडको कस्तो केटाकेटी सोचाई ? हामी त्यही पृष्ठभूमिबाट आएका हौं । उहाँहरुले पड्काएको भन्दा धेरै आधुनिक हतियार र बम हामीले उहिल्यै पड्काएका हौं । म स्पष्ट रुमपा भन्न चाहन्छु खाली हातले तालिमप्राप्त सेना र प्रहरीको हातहतियार खोसेर राजतन्त्र ढालेको शक्तिलाई सुतली बमले तर्साउन नखोजे हुन्छ । १० वर्ष भयो हामीले बम र बन्दुक बिसाएको । यसको अर्थ हामीले त्यो बिर्सिइसकेका छौं ? हवाई फायर हुने बित्तिकै डराउँछौं ?

तपार्ईंले पृष्ठभूमिको कुरा गर्नुभयो । मान्छेहरु आज तपाईका नेतामाथि गोली हान्दा पनि सहानुभूति देखाउनुको साटो ‘खुच्चिङ’ भनिरहेका छन् । कारण हिजो तपाईंको नेतृत्वले नै यस्तै सिकाएको थियो । हिजो अरुलाई तपाईंहरुले यसै गर्नुभएको थियो होइन र ? अहिले आफूमाथि आक्रमण हुँदा रोइकराई गर्नुको के अर्थ ?
यो वाहियात कुरा हो । कमरेड प्रचण्ड र माओवादी आन्दोलनबाट जतिसुकै सिके पनि विप्लव प्रचण्डको उत्तराधिकारी पुस्ताको मान्छे होइन । राजनीतिक रुपले पनि उहाँ त्यो होइन । वैचारिक र सांगठनिक रुपले पनि होइन । उहाँका कुनै पनि गतिविधिले विप्लव माओवादीको र कमरेड प्रचण्डको उत्तराधिकारी हुनै सक्नुहुन्न । एउटै पार्टीमा हुँदा पनि जिम्मेवारी र क्षमताका हिसाबले प्रचण्ड हजुरबा र विप्लव नाति पुस्ताको नेता हो । बरु प्रचण्डले नै अवसर दिएर तान्दैतान्दै माथि ल्याउनुभएको हो विप्लवलाई । अर्को कुरा माओवादीले जनयुद्ध घोषणा गरेर कसैमाथि गोली र बम हानेको थियो । हामीले कुनै छलछाम गरेर, छद्म रुपमा होइन यो दिनबाट हामी जनयुद्ध थाल्छौं भन्ने घोषणा गरेरै सुरु गरेका थियौं । अर्को कुरा १० वर्षसम्म हामीले विरोधी पार्टीका कोही पनि नेतामाथि निशस्त्र अवस्थामा त्यसरी बम र गोली हानेका थिएनौं ।

माओवादी बन्दुक, गोली, बारुदसँग खेलेर आएको हो । ठूलठूला आक्रमणहरु, सयौं बम र ठूलठूला रकेट लञ्चरसँग नडराई लडेर राजतन्त्र फालेको पार्टी हो । फेरि विप्लव कमरेडलाई राम्रोसँग थाहा छ कि उहाँले जसजसलाई लक्षित गरेर रोल्पा र रुकुममा आक्रमण गर्नुभएको छ । उहाँहरु त बम र गोलीसँग कहिल्यै नडराउने नेताहरु हो ।

के विप्लवले युद्ध घोषणा गर्नुभएको छ र ? त्यत्रो आँट छ भने गर्नुस् न युद्धको घोषणा । युद्ध घोषणा नगरी झाडीमा लुकेर बम भन्दै रेडबुलको बोत्तल फाल्ने काम नगर्नुस् । सिद्धान्ततः उहाँले आफ्नो दस्तावेजमा दलाल पुँजीवादका विरुद्ध संघर्ष गर्ने भन्नुभएको छ । तर, जो असली रुपमा दलाल पुँजीवादको पक्षधर छ, उसैसँगको साँठगाँठमा जनताका लोकप्रिय नेताहरुमाथि आक्रमण गरिरहनुभएको छ । आजको दिनमा नेपालमा दलाल पुँजिदावी व्यवस्थाको पक्षपोषण कसले गरेको छ ? माओवादी केन्द्र, एमाले वा काँग्रेसले ? तपाईंकै अनलाइनमा मैले भर्खर समाचार पढें । जुनदिन कमरेड अनन्तमाथि आक्रमण भयो, त्यसै दिन विप्लव कमरेडले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएको थियो । नेपाली काँग्रेसले बाम गठबन्धनबाट अत्तालिएर चौतर्फी रुपमा बाम गठबन्धनविरुद्ध जथाभावी बोल्दै हिंडेको छ । ठीक अर्कोतिर विप्लवले बाम गठबन्धनका उम्मेदवारलाई छानीछानी आक्रमण गरिरहनुभएको छ । यसको अर्थ के हो ? यो सामान्यभन्दा सामान्य मानिसले पनि सहजै बुझ्न सक्ने कुरा छ ।

त्यसो भए ती आक्रमणहरु काँग्रेसलाई निर्वाचनमा ठूलो पार्टी बनाउने उद्देश्यले सरकारकै योजनामा भएका हुन् ?
हो । त्यसमा पनि अब शंका गर्नुपर्ने र तर्क बितर्क गरेर समय खेर फाल्नुपर्छ र ? उम्मेदवारमाथि आक्रमण गर्नेलाई नपक्रने, उल्टै त्यसका नाइकेलाई बालुवाटारमा रातो कार्पेट ओछ्याएर स्वागत गर्ने । वर्षमान पुन कमरेडमाथि बम र गोली हानियो । काँग्रेसबाट निर्वाचनमा उहाँका प्रतिस्पर्धी रहेका र मन्त्रीसमेत रहेका अमरसिंह पुनले गोली हान्ने योजनाकारहरु पक्राउ पर्दा रिहाइको माग गर्ने, प्रहरी प्रशासनमाथि छाड्न दबाब दिने, विज्ञप्ति नै प्रकाशित गर्ने काम गरिरहनुभएको छ । यसले के बताउँछ तपाईं नै मलाई बताइदिनुस् । काँग्रेसलाई मुख्य शक्तिमा ल्याएर, बाम गठबन्धनको खरानीमाथि आफ्नो तासको महल ठड्याउन सकिएला कि भन्ने विप्लव कमरेडलाई लागेको होला । ख्याल गर्नुस् तपाईंको तासको घर बन्नेवाला छैन । हामी बन्न दिनेछैनौं ।

चुनावपछि बाम गठबन्धनको बहुमतको सरकार बन्यो भने विप्लवलाई गिरफ्तार गरेर जेल हाल्ने भन्ने योजना छ रे हो ?
मुलुकको प्रगतिको सबैभन्दा बाधक शक्ति नेपाली काँग्रेसको मोहरा बनेर बाम गठबन्धनमा आबद्ध निसशस्त्र व्यक्तिमाथि निशाना बनाएर गोली वा बम प्रहार गर्ने काम जारी रह्यो भने सरकार चुप लागेर बस्न मिल्दैन । त्यतिबेला समाजमा अमनचयन कायम गर्न पनि सरकारले आफ्नो उपस्थिति जनाउनुपर्छ । विप्लवलाई पक्राउ गर्ने कि नगर्ने भन्ने विषय विप्लवका आगामी गतिविधिहरुमा निर्भर गर्छ ।

यस्तै प्रकारका गतिविधि जारी रह्यो भने जेलमा हाल्नुपर्छ विप्लवलाई ?
स्वाभाविक रुपमा सरकारले कदम उठाउनुपर्छ । मैले माथि पनि भनें नि विप्लवका गतिविधिमा त्यो भर पर्छ । आफ्नो राजनीतिक विचार र उद्देश्यमा आधारित गतिविधि गर्नुप¥यो । हातहतियार, बम बारुदले तर्साउने, सशस्त्र प्रकारका गतिविधि गर्ने हो भने राज्यले स्वाभाविक रुपमा आफ्नो उपस्थिति जनाउँछ । त्यसमा नियन्त्रण, निगरानी कानुनी कारबाही सबै हुन्छ ।

तपाईंहरुले पनि त १० वर्षसम्म यस्तै गरेर आउनुभएको होइन ? आफूले बम हान्दा, गोली हान्दा प्रतिक्रियावादी वा प्रतिक्रियावादीका मतियारलाई हानेको भन्ने । अरुले हान्दा चाहिं रोइकराई गर्ने ?
कसले रोइकराई गरेको छ ? को डराएको छ र ? हामीशले भनेको यत्ति हो कि सशस्त्र आन्दोलन नै गर्ने हो भने घोषित रुपमा गरे । गाउँभरमा भनिन्छ नि ‘सुताएर नहान उठाएर हान ।’ सुताएर मान्नेलाई युद्धमा बहादुर होइन, कायर भनिन्छ । हुती छ भने आजदेखि हामीले युद्ध सुरु गरेका छौं भन्न सक्नुप¥यो नि । हामीले त १० वर्ष घोषित रुपमा जनयुद्ध लडेका हौं । ढाँटेर खुसुक्क गरेका थियौं र ? वर्षमान पुन अनन्तलाई र वर्षमान पुनलाई वा शेरधन राईलाई कारबाही गर्ने घोषणा कहिले गर्नुभएको छ र ? चुनावकै मुखमा उम्मेदवार भएका व्यक्तिमाथि लक्षित गरेर आक्रमण गर्नुको कारण के दिनुभएको छ ? भन्न सक्नुप¥यो नि त ।

उहाँहरुले दलाल संसदीय व्यवस्थाका पक्षपातीलाई कारबाही गर्ने नीति रहेको बताउनुभएको छ नि त ?
यो दलाल पुँजिवादी संसदीय व्यवस्था भन्ने हो भने देशभर प्रतिनिधिसभाको १६५ सिटका लागि चुनाव हुँदैछ । प्रदेशसभको यति धेरै सिटका लागि चुनाव हुँदैछ । बाम गठबन्धनका उम्मेदवारलाई मात्र छानीछानी बम र गोली हान्नुपर्ने कारण के छ ? यो बताइदिनुप¥यो विप्लव कमरेडले । नेपालको सन्दर्भमा काँग्रेस दलाल पुँजिवादी व्यवस्थाको पक्षधर हो । तर, उसैको काखमा बसेर मुलुकको विकास, समृद्धि, प्रगति चाहन्छ त्यस दलका उम्मेदवारमाथि छानीछानी आक्रमण गर्ने यो कहाँको एकीकृत क्रान्ति हो ?

कमेन्ट गर्नुहोस्

%d bloggers like this: