बामगठबन्धनको सरकार जनताको सरकार : पूर्व गृहमन्त्री बस्नेत

हेमन्त के सी

जाजरकोट, कार्तिक ३० । नेकपा एमाले र नेकपा माओवाबादी केन्द्र सम्मिलित वामगठबन्धनको तर्फबाट जाजरकोट प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं पुर्व गृहमन्त्री शक्ति बस्नेतले बामपन्थी बहुमतको सरकार बन्नबाट कसैले रोक्न नसक्ने बताए ।

गठबन्धनको चुनावी अभियान अन्तरगत निर्वाचन क्षेत्र नं २ को छेडागाड नगरपालिका वडा नम्बर १ मा बुधबार घरदैलो कार्यक्रम पछि भएको चुुनावी सभामा बोल्दै उनले दुई तिहाई आउने देखेर काङ्ग्रेस छट्पटाइरहेको र एक दलिय कम्युनिष्ट शासन ल्याउन थाले सबै खत्तम हुन्छ भन्दै भ्रम छरिरहेको बताए । बामपन्थी सरकार बने जनताको सरकार हुने भन्दै बस्नेतले चुनाव लगत्तै पार्टी पनि एउटै हुने बताए ।

यस्तै प्रदेश नं २ का उम्मेदवार करविर शाहीले बाम गठबन्धनका उम्मेदवार सबैले जिते मात्र जाजरकोटको समग्र विकास हुने दाबी गरे। गठबन्धनले जिते जिल्लाले बिकास निर्माणमा फड्को मार्ने उनको भनाई थियो ।

चुनावी सभामा बोल्दै एमाले केन्द्रीय सदस्य भैरव सुन्दर श्रेष्ठले पनि बाम गठबन्धनले जितेमा मात्र जाजरकोट अनि समग्र देशको बिकास सम्भव हुने भन्दै सम्पूर्ण बामगठबन्धनका उम्मेदवारलाई भोट हाल्न अपिल गरेका छन्

कमेन्ट गर्नुहोस्