Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रदेश-२ क्षेत्रको मुहारै फेरिने गरी काम गर्छु : उम्मेदवार पन्थी

हुमाकान्त पोखरेल

गुल्मी, कात्तिक ३० । नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश पन्थीले गुल्मीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ को मुहारै फेरिने गरी काम गर्नुपर्छ भन्दै जाेड दिएको बताएका छन ।

आगामी ३ महिनासम्म प्रदेशभित्रका सम्पुर्ण विजुली बत्ति नभएका घरहरुमा विजुली पुर्याउने, २ वर्षसम्म खरका छाना विस्थापित गरी जस्ता पाताको व्यवस्था गर्ने र जस्ता पाता निशुल्क उपलब्ध गराउने, ५ वर्षभित्र एक घर एक धाराको व्यवस्था गर्ने लगायतको कामहरु अगाडी सारेका छन ।

विहिबार गुल्मीको मालिका गाउँपालिका ७ घमिरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन ।

जलविद्युतको उत्पादन गरी उद्योगधन्धाको स्थापना गरी आगामी ५ वर्षसम्म बेरोजगारीको अन्त्य गर्ने, प्रत्येक गाउँपालिकामा न्युनतम २५ शैयाको अस्पताल स्थापना गरी सेवा सुचारु गर्ने, २ वर्षभित्र गाउँपालिकाका केन्द्र र ४ वर्षसम्म वडाकेन्द्रमा जाने बाटो पिच गर्ने, प्रत्येक वडामा न्युनतम एउटा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जस्ता योजना अगाडी सारेको बताएका छन ।

यसैगरी विचित्र गुफा, कंके देउराली, मदाने मालिका, धुर्कोटको कोट, नेटामा रहेको तिखेचुली, लेखपोखरा जस्ता धार्मिक एवम पर्यटकीय स्थलको उचित संरक्षण गरी पर्यटन विकासमा सहयोग पु¥याउने, ती क्षेत्रहरुलाई प्रदेशको तर्फबाट पनि उचित बजेटको व्यवस्था गरी प्रचारप्रसारमा सहयोग पु¥याउने र प्रदेशलाई नमुना प्रदेश बनाउने लगायतका योजना रहेको उनको भनाई छ ।

प्रदेश सिंचाई, हातेट्याक्टर लगायतका सामग्री व्यवस्था आधुनिक कृषि प्रणालीको व्यवस्था गर्ने, शिक्षा, स्थास्थ्य, खानेपानी, विद्युत जस्ता विकासका पुर्वाधारहरुको प्रत्याभुत गर्ने पनि उनको भनाई छ ।

पशुपालनका लागि विशेष योजना बनाउने र प्रदेशलाई मासुमा आत्मनिर्भर बनाई निर्यात समेत गर्ने, उत्पादन भएका कृषिका सामग्रीहरुको निर्यातको लागि बजार र यातायातको व्यवस्था गर्ने, उत्पादित जनशक्तिलाई प्रदेशमै परिचालन गर्ने तथा सर्टिफिकेट राखेर रोजगारीको व्यवस्था गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन ।

चुनावी अभियान कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केन्द्र, जिल्ला तथा स्थानीयस्तरका नेता तथा कार्यकर्तारुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: