Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘जे फोर’ ले क्रिकेट खेल प्रतियोगिताको आयोजना गर्दै

हेमन्त भण्डारी

काठमाडौं, कार्तिक ३० । जगदम्बा स्पोट्र्स प्राईभेट लिमिटेड (जे फोर) नेपालमा खेलकूद गतिविधि सञ्चालन गर्ने उद्देश्यले शंकर ग्रुपअन्तर्गत स्थापित एक नविनतम् कम्पनी हो । ‘जे फोर’ ले नेपालमा क्रिकेट खेल प्रतियोगिताको आयोजना गर्ने संस्था एभरेष्ट प्रिमियर लिगसँग आवद्ध भई ‘पोखरा राइनोज’ नामको क्रिकेट खेलाडी टोलीमार्फत क्रिकेट प्रतियोगितामा आफ्नो शुरुवाती पाइला अगाडी बढाएको छ ।

सुन्दर नगरी पोखरालाई प्रतिनिधित्व गर्दै एभरेष्ट प्रिमियर लिगअन्तर्गत रहने विभिन्न टिमहरुमध्येको पोखरा राईनो टिम सन् २०१७ मा स्थापना भएको टिम हो । प्रसिद्ध राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले नेतृत्व गरेका ११ सदस्यीय यस टिममा शक्ति गौचनका अतिरिक्त विनोद भण्डारी, सुशन भारी, राजेश पुलामी मगर, विक्रम शोव, शौरभ खनाल, नुरध्वज सेन, किशोर महतो, सन्तोष भट्ट, सुनिल धमला र विपिन खत्री समेतको सहभागीता रहने हुनाले यस टिम प्रतियोगिता मध्येकै आकर्षक टिम रहने छ ।

क्रिकेट खेलमा विभिन्न खेलाडीहरु एकआपसमा प्रतिस्पर्धा गराई ती खेलाडीहरु मध्येबाट उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने दक्ष नवखेलाडी छनौट गरेर आफ्नो टिममा समेत समावेश गर्न सकियोस् भन्ने अभिप्रायले ‘जे फोर’ ले नोबेम्वर १८ तारिख तदनुसार मंसिर २ गतेदेखि पोखरामा ट्यालेन्ट हन्ट नामको क्रिकेट प्रतियोगिताको सञ्चालन गर्न गई रहेको छ । ‘जे फोर’ उक्त ट्यालेन्ट हन्ट प्रतियोगिताका निमित्त नाम दर्ता प्रकृया आरम्भ भएको घोषणा गर्दछ ।

जे फोर स्पोट्र्स– फर स्पोर्टस भन्ने मूलनारा रहेको जे फोर टिमलाई राइनो ५००डि टिएटी. फलामे छड, सुपर एम.आई., लियोन मोटर्स प्रा.लि. मित्सुविसि, जगदम्वा सिमेन्ट, केश कन्स्ट्रक्सन र ब्यारोन सेलेक्ट जस्ता प्रख्यात कम्पनीहरुको प्रायोजन सहयोग प्राप्त छ ।

‘जे फोर’ टिममा भिन्न–भिन्न भुगोल, संस्कृति, अनुभव र उमेरका खेलाडीहरुको समावेशिता रहने हुनाले एभरेष्ट प्रिमियर लिगको आयोजनामा १९ डिसेम्वर २०१७ अर्थात २०७४ साल मंसिर ३ गतेदेखि सुरु हुने क्रिकेट प्रतियोगिताले निश्चय नै एकपटक सम्पूर्ण राष्ट्रलाई तरंगित गराउने छ । यस प्रतियोगितामा तीन जना विदेशी खेलाडीहरुले पनि भाग लिने छन् ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, जगदम्बा स्पोर्टस प्रा.लि.का प्रवन्ध निर्देशक शाहिल अग्रवाल, एभरेष्ट प्रिमियर लिगका प्रवन्ध निर्देशक अमिर अख्तर, पोखरा राईनो टिमका क्याप्टेन शक्ति गौचन, पोखरा राईनो टिमका खेलाडीहरु विनोद भण्डार, राजेश पुलामी मगरलगायतका विशिष्ट व्यक्तित्वहरुको उल्लासमय उपस्थितीमा जेर फोरले आफ्नो लोगो, खेलाडी तथा पोखरा राईनो टिमको जर्सीको प्रथम प्रदर्शन गर्ने शौभाग्य प्राप्त गरेकोमा ‘जे फोर’ले आफुलाई अत्यन्त गौरवान्वित महसुस गरेको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: