Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चितवनको पर्यटकीय क्षेत्रमा हात्ती महोत्सवको तयारी सुरु

राजेन्द्र आचार्य

चितवन, कार्तिक ३० । चितवनको पर्यटकीय नगरी सौराहामा हरेक वर्ष हुँदै आएको हात्ती महोत्सवको १४ औँ संस्करणको तयारी सुरु गरिएको छ । यस वर्ष क्षेत्रीय होटल संघ सौराहाले महोत्सव एवं अन्र्तराष्ट्रिय हात्ती फाष्ट वाक प्रतियोगिता पुस ११ देखि १५ गतेसम्म सौराहामा गर्न लागेको छ ।

क्षेत्रीय होटल सघ सौराहाका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको भेलाले सघका वरिष्ठ उपाध्यक्ष दिपक भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरेको छ ।
जनावरमैत्री हात्ती महोत्सवलाई थप रोचक भव्य रुपमा सम्पन्न गर्न र राष्ट्रिय तथा अन्र्तराष्टिय रुपमा समेत यसको महत्वलाई थप उचाईमा पुराउन काठमाडौँ व्यवस्थापन समिति नै गठन गरेर तयारी सुरु गरेको संयोजक दिपक भट्टराईले जानकारी दिए ।

हात्ती महोत्सवको तयारीका काठमाडौँ समितिको संयोजकमा केशव पाण्डेलाई चयन गर्दै तयारी सुरु भएको उनले बताए ।

साथै चार चार वटा हात्ती राखि विगत देखि थप गरिएको हात्ती पोलो प्रतियोगितालाई थप गर्ने साथै पुस ११ देखि १५ गते सम्म ५ दिन र अंग्रेजी नयाँ बर्ष इस्पेसल संगीतिक नाइट विशेष आर्कषण हुने उनले बताए ।

विगतका वर्षमा निशुःल्क प्रवेश दिइएको यस प्रतियोगितामा यस पटक टिकटको व्यवस्था गरिएको जानकारी दिँदै अध्यक्ष भट्टराईले पर्यटक र दर्शकलाई विशेष सुविधा दिन टिकटसहित मिनि स्टेडियम समेतलाई थप व्यवस्थित बनाईएको उनले बताए ।
साथै केहि दिन मै कार्यसम्पादन र मुल समितिको समेत नामावली सार्वजनिक गर्ने संघका उपाध्यक्ष अञ्जनकुमार पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा हात्ती फाष्ट वाक, हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, गाडा दौडसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ । साथै यो वर्षबाट टाँगा दौड र डुङ्गा दौड हटाई हात्ती नुहाउने थप गरेको उनले बताए ।

हात्तीहरुको वनभोजसगैँ यो बर्षदेखि नयाँ प्याकेजका रुपमा हात्ती नुहानउने प्रतियोगिता थप गरिएको संयोजक भट्टराईले बताए । हामी हरेक बर्ष एक न एक नयाँ कार्यक्रम थप गरेका छौँ उनले भने । जनवारमैत्री हात्ती महोत्सवको रुपमा स्थापित गर्न हामीले हात्ती हात्ती नुहानउने प्रतियोगिता थप गरेका छौँ । प्रतियोगिता बाघमारा मध्यवर्ती वनको खुल्ला चौरमा हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: