रोल्पामा फेरि अर्का उम्मेदवारमाथि बम प्रहार

रोल्पा, कार्तिक ३० । रोल्पामा फेरि अर्का उम्मेदवारलाई लक्षित गर्दै बम प्रहार भएको छ ।

बिहीबार सिंचाई राज्यमन्त्री एवं रोल्पा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरेर बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रहरीका अनुसार जंगलबाट प्रहार भएको बम विष्फोट भएपनि कुनै क्षति छैन ।

राज्यमन्त्री पुनसहितको टोली खुग्रीबाट देउरीपोखरीको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सुवर्णावती गाउँपालिका वडा नं.१ मा करिब साढे १२ बजे बम प्रहार भएको हो ।

यसअघि पनि रोल्पामा बाम गठबन्धनका उम्मेदवार बर्षमान पुनलाई लक्षित गरेर बम प्रहार भएको थियो । बम प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्