Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सडक पिच हुँदा स्थानीय हर्षित

लोकेश धामी

कैलाली, कार्तिक ३० । कैलालीको धनगढी रातोपुल घरेलु चोकसम्मको साढे ५० मिटर सडकको बीच कार्य अन्तिम चरणमा पुगेको छ । गतवर्षको कार्तिक महिनादेखि शुरु भएको निर्माण कार्य बल्ल सकिन लागेको हो ।

एक करोड ३९ लाखको लागतमा निर्माण भएको सडक पिच भएपछि त्यस क्षेत्रका स्थानीय तथा व्यापारी पनि खुशी भएका छन् । बर्खामा हिलाम्य र हिउदमा धुलाम्य सकडबाट मुक्ति पाएपछि त्यस क्षेत्रको वातावरण नै फरक भएको छ । लामो समयदेखि धुलाम्य सडकको धुलोले आजित बनेका सडक छेउका व्यापारी र स्थानीयले अहिले भने सडक पिच भएपछि खुशी महशुस गरेका भएका हुन् ।

धुलाम्य सडक हुँदा आवतजावत गर्न नै निकै अप्ठ्यारो हुने सडक अहिले फराकिलोका साथै पिच भएपछि आवागमन गर्नेदेखि सडक वरिपरि घर भएका स्थानीयलाई लामो समयदेखिको समस्याबाट छुट्कारामा पाएको स्थानीय सीता थापाले बताइन् । सडक पिच भएपछि व्यापार–व्यवसाय गर्न पनि सहज भएको छ । पहिले सडकभरीको धुँवाधुलो पसलभरी आउने भएका कारण ग्राहक पनि खासै सामान किन्न नआउने गरेकामा अहिले भने त्यस्तो समस्या नरहेको स्थानीय व्यापारी आशिस बमले बताए ।
उक्त सडक पिच गर्न गत वर्षको असारमा एक करोड ३९ लाखमा तुल्छी दुर्गा अन्जु जेभीले ठेक्का पाएको थियो ।

केही समय स्थानीयको अवरोधका कारण सडकको पिच गर्ने कार्य रोकिएको पनि थियो। तर, अहिले भने अवरोध कार्य हटाउँदै पिच गर्ने काम सकिँदै छ । बिहिबार सडक पिच गर्ने कार्य सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधि गंगाबहादुर शाहले जानकारी दिए ।

गत असोज मसान्तमा सडक पिच गरिसक्ने अन्तिम मिति भएपनि स्थानीयको अवरोधका कारण समयमै पिच गर्न नसकेको निर्माण कम्पनीले जनाएको छ । केही ढिलै भएपनि सडक पिच हँुदा स्थानीयले भने राहत महसुस गरेका छन् । सडक पिच हँुदा त्यस क्षेत्रको वातावरण नै फरक भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: