Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गोरखामा उम्मेदवार नारायणकाजी चढेको गाडी ‘माइन बम’ बिस्फोट

गोरखा, कार्तिक ३० । गोरखा नगरपालिका १० को सिर्भी खोला नजिकै वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बम बिष्फोट भएको छ । बम बिष्फोटका कारण कुनै क्षति भने भएको छैन ।

वाम गठबन्धनको चुनावी प्रचारमा हिंडेका एमाले नेता विकलकुमार श्रेष्ठका अनुसार बाह्र किलोमा गठबन्धनको वैठकमा सहभागी भएर फर्किने क्रममा बिष्फोट भएको हो ।

उक्त बेला वाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठ र प्रदेश सभाकी उम्मेदवार कमला नहर्की सँगै थिए।

गोरखाका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले आफू घटनास्थल जाँदै गरेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: