वाम गठबन्धनका महिलाहरु प्रचण्ड बनेर घरदैलोमा हिडेपछि….

राजेन्द्र आचार्य

चितवन, कार्तिक ३० । चितवनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जिताउन वाम गठबन्धनका महिलाहरु चुनावी अभियानलाई तीव्र पारेका छन् । चितवन क्ष्ेत्र नं. ३ का उम्मेदवार बनेका प्रचण्ड राष्ट्रि«य राजनेता र पूर्व प्रधानमन्त्री भएका कारण पुरै समय कार्यकर्ता कहाँ पुग्न समय अपुग भएको भन्दै आफुहरु नै प्रचण्ड भएको भन्दै महिलाहरु अभियान थालेका हुन् ।

उनीहरुले जनताको घरदैलोका पुगेर प्रचण्डले अघि सारेका विकास र समृद्धिका योजना तथा प्रतण्डलाई मतदान गर्नु पर्ने कारणका बारेमा जानकारी गरेक थिए । भरतपुर महानगर वडा नम्बर १४ बाट सुरु भएको घरदैलो अभियान शान्तिपुर, शिवनगर, हनुमानगर, भिमसेन नगर हुदै कोणसभामा परितण भएको थियो ।

अभियानमा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव रेनु दाहाल, केन्द्रिय सदस्य तथा प्रचण्ड विजयी अभियानको क्षेत्र नं. ३ को महिला सहसंयोजक सावित्रि अधिकारीसहित वामगठबन्धनका विभिन्न महिलाहरुको सहभागीता थियो ।

वागठबन्धन भरतपुर १४ का संयोजक चेतनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न भेलामा प्रेम रिमालले कोण सभालाई सम्बोधन गरेका थिए । सो अवसरमा बोल्दै रिमालले प्रचण्डलाई चितवन नै चितवनका लागि प्रचण्ड आवश्यक भएको बताएका थिए ।

कमेन्ट गर्नुहोस्