बामपन्थीहरु मिलेर जनताको मुहारमा खुसी ल्याउनेः नेता पोखरेल

गोकर्ण पौडेल

दाङ, कार्तिक ३० । नेकपा एमालेका नेता तथा दाङ निर्वाचन क्षेत्र नं.२ को प्रदेश सभा १ का उम्मेदवार शंकर पोख्रेलले बामपन्थीहरु मिलेर जनताको मुहारमा खुशी ल्याउने बताएको छ ।

विकसित देशहरुमा थोरै पार्टी रहेको चर्चा गर्नै एमालेका स्थायी कमिटी सदस्य समेत रहेका नेता पोख्रेलले पनि निर्वाचनपछि थोरै पार्टीहरु मात्र रहने बताए ।

अधिकारको लडाई लड्दामात्रै धेरै पार्टीहरुको आवश्यकता रहेको भन्दै उनले विकास र समृद्धिका लागि थोरै पार्टीहरु भए काफी हुने बताए । बाम गठबन्धनको घोराही उपमहानगरपालिका वडा नं.१४ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता पोख्रेलले निजिकरणको नाममा नेपालका राम्रा कलकारखानाहरु समेत काँग्रेसका कारण बन्द हुने अवस्थामा रहेको उल्लेख गरे । निजी क्षेत्रको सक्षमता विकासका लागि कम्युनिष्टको सरकार आबस्यक भैसकेको उनको भनाई छ ।

एमालेकै सरकारको पालामा निर्माण भएको घोराहीका विभिन्न सडकखण्डहरुमा अहिले पनि दिगो अबस्थामा रहेको नेता पोख्रेलले बताए । शान्ता चौधरीले निर्माण गरेको कटुवाखोला समयमै निर्माण सम्पन्न भएको चर्चा गर्दै कटुवा खोलाको पुल काँग्रेसकै कारणले समयमा निर्माण हुन नसकेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: