एसिया कप सेमिफाइनल : नेपाल-अफगानिस्तान भिड्दै (लाइभ)

काठमाडौं, मंसिर १ । मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अहिले नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । किनरारा ओभलमा भएको खेलमा अफगानिस्तानले टस जिति नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।

अपडेट : चौथो ओभरमा नेपालको दोस्रो विकेट गुमेको छ । जितेन्द्र सिंह आउट भएका छन् । कप्तान दिपेन्द्र ऐरी व्याटिङमा आएका छन्

दोस्रो ओभरमा नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख आउट भएका छन् ।

बिहीबारको पहिलो सेमिफाइलनमा बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा पुग्न सफल भएको छ ।

२०१२ देखि यू-१९ एसियाकप खेल्न सुरु गरेको नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको हो । समूह चरणमा डिफेन्डिङ च्याम्पियन भारत र मलेसियालाई हराउँदै नेपालले सेमिफाइलनमा स्थान बनाउँन सफल भएको हो ।

Posted by Asian Cricket Council on 16 ನವೆಂಬರ್ 2017

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: