अन्डर-19 एसिया कप क्रिकेट: अफगानिस्तान र नेपाल भिड्दै, नेपालले चार विकेट गुमायाे

काठमाडौं, मंसिर १ । मलेसियामा जारी एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेटको सेमिफाइनलमा अहिले नेपालले अफगानिस्तानको सामना गरिरहेको छ ।

क्वालालम्पुरको किन्रारा ओभल मैदानमा आज बिहान अफ्गानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङको निम्तो पाएको छ ।

१२ ओभरको खेल समाप्तिमा नेपालले चार विकेट गुमाएर ४३ रन बनाएको छ ।

यो खेल विजेताले पर्सी हुने फाईनलमा पाकिस्तानको सामना गर्नेछ । हिजो भएको पहिलो सेमीफाईनल खेलमा बंगलादेशलाई डि.एल. मेथडमा २ रनले हराँउदै पाकिस्तान फाईनलमा पुगेको हो ।

कमेन्ट गर्नुहोस्