Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिहानैदेखि हुम्लामा हिमपात, निर्वाचन प्रभावित हुने शंका

हिमपातले जाडो ह्वात्तै बढायाे

हुम्ला, मंसिर १ । हिमाली जिल्ला हुम्लामा आज बिहानैदेखि हिमपात शुरु भएको छ ।

हिमपातका कारण निर्वाचन प्रभावित हुनसक्ने देखिएको छ । हिमपातले जाडो ह्वात्तै बढाएको छ ।

जिल्ला सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको छ । लगातार हिमपात भइरहे हुम्लामा मंसिर १० गते हुने निर्वाचन प्रभावित हुने देखिन्छ ।

जिल्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका सबैभन्दा बढी हिमपात हुने क्षेत्र हो । नाम्खा गाउँपालिकाअन्र्तगत पर्ने १० वटा मतदान केन्द्र हिमपातबाट बढी प्रभावित हुनेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: