Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नयाँ शक्तिका अन्तराष्ट्रिय बिभाग सदस्य भट्टराई सहित २५ माओबादी केन्द्रमा प्रबेश

गोरखा, मंसिर १ ।  निर्वाचनको मिति नजिकिदै गर्दा नयाँ शक्तिका अन्तराष्ट्रिय विभाग प्रमुख इन्द्र भट्टराई आज नेकपा माओबादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

गोरखाको पालुङटारमा बामगठबन्धनको संयुक्त चुनाव परिचालन समितिले आयोजना गरेको कार्यक्रममा भट्टराई सहित २५ जना माओबादी केन्द्रमा प्रवेश गरेको हो ।

भट्टराईलाई माओबादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले टिका लगाएर पार्टी प्रबेश गराउनु भएको हो । कार्यक्रममा जिल्ला स्तरीय नेता बोध बहादुर अधिकारी, ध्रुव अधिकारी पनि पार्टी प्रवेश गरेको हो ।

जिल्लाका ४ केन्द्रमा संयुक्त बाम गठबन्धनको बिशाल जनसभा

संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटि गोरखाको आयोजनामा बुधबार जिल्लाको बिभिन्न मुख्य ४ केन्द्रमा बिशाल जनसभा सम्पन्न भएको छ । गठबन्धनको आयोजनामा जिल्लाको भच्चेक, पालुङटार धैरुङ र आरुघाट बजारमा जनसभा सम्पन्न भएको हो ।

भच्चेकमा भएको जनसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, माओबादीका बरिष्ठ नेता एवं प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ का उमेद्वार नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै दुवै पार्टीका अध्यक्षले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काग्रेसका तर्फबाट अन्तिम प्रधानमन्त्री भएको जिकिर गरेका छन् ।

पालुङटारमा आज आयोजित चुनवाी सभामा कांग्रेसविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका दुवै नेताले यस्तो बताएका हुन् ।

वामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले अब वामपन्थी आँधी आउने र त्यो आँधीले कांग्रेसलाई बढार्ने दाबी गरे। उनले भने ‘कांग्रेस म चुनाव लडेको ठाउँ (चितवन)मा हलो बोकेर हिँडेको छ । यहाँ के–के चिन्ह बोकेको छ’ ।

उहाँले नयाँ शक्तिका संयोजक तथा क्षेत्र नम्बर २ का उम्मेदवार भट्टराईसँग गोरखालीसँग भोट माग्ने नैतिक आधार नभएको दाबी गरे । प्रचण्डले भने ‘उहाँ अहिले कुन नैनिकताको आधारमा भोट माग्दै हुनुहुन्छ ? प्रतिक्रियावादीसँग साँठगाठ गरेर गोरखालीसँग भोट माग्ने नैतिक आधार कसले दियो ?’ उनले कम्युनिष्ट आन्दोलनलाई लात हानेर आफ्नै निर्णयले पार्टी छाड्ने बाबुरामसँग केहि अपेक्षा गर्न नसकिने समेत टिप्पणी समेत गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले मंसिर १० र २१ गते बामपन्थी आँधी आउने भन्दै त्यो तुफानले कांग्रेसलाई बढार्ने उद्घोष गरे । उनले भट्टराईलाई लक्षित गर्दै देश अगाडि बढाउने प्रयाससँग टकराव गरेर कोहि यसलाई रोक्न खोज्छ भने त्यो बबुराममात्रै हुने टिप्पणी गरे ।

यसै बिच नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले आजै गोर गोरखाको लखनथापा गाउपालिकास्थित घैरुङ बतासेमा आयोजित चुनावी सभालाई सम्बोधन गरे । त्यस्तै गोरखाको आरुघाट बजारमा आयोजित चुनावी सभालाई पनि दुवै पार्टीका अध्यक्षले सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: