Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पूर्वमन्त्री शाहीकाे मतदातालार्इ धम्की: ‘भोट नहाले चाला गाउँलाई छाला’ बनाइदिन्छु’

काठमाडौं, मंसिर १ । कांग्रेसका उम्मेदवार तथा पूर्वखानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाहीले आफूलाई भोट नहाले ‘चाला गाउँलाई छाला’ बनाउने धम्की दिएका छन् ।
प्रदेश र प्रतिनिधिसभाको चुनावी प्रचार प्रसारमा गएका शाहीले  हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका ४ चाला गाउँका स्थानीयहरुलार्इ धम्क्याएर भाेट मागेका हुन् ।  शाहीकाे धम्कीले स्थानीयहरु डराएको नाम्खा गाउँपालिका ४ चालाका सोनामटर्सी लामाले दुखेसो गरे ।

उनले भने, ‘चुनावमा जनताको मनमस्तिष्क जितेर भोट माग्नु पर्ने । उनले त उल्टै यस्तो धम्की दिएर गए । गाउँले डराएका छन् ।’ उनले थपे, ‘ दोस्रो संविधान सभाको चुनावमा उनलाई भोट दिएकै हो । केही परिवर्तन भएको छैन । भोट माग्न आउँदा आश्वासन मात्र दिने हाम्रो जिन्दगी यस्ताको उस्तै ।’

गाउँमा आधार नेपाल नाम संस्थाले निर्माण गरेको वत्ति कांग्रेसले आफुले निर्माण गरेको भम्र फैलाएको चाला ४ का साङ्गे लामाले बताए । उनले भने, ‘अरुले गरेको कामलाई आफुले गरेको दावी गर्ने नेताहरुले केही गर्लान भनेर त के विश्वास गर्नु ? गर्ने नै भए गाउँमा टेलिफोन सेवा छैन, यतातिर ध्यान दिए हुन्थ्यो ।’

टेलिफोन सेवा उपलब्ध नहँुदा आफन्तलाई फोन गर्ने घण्टांै हिडेर फोन गर्न बाध्य भएको लामाले बताए । लामाले भने, ‘गरिबले मात्रै गरिबको पिडा बुझ्छ । चाला गाउँमा एक सय ६ मत छ । जे जस्तो धम्की आएपनि हाम्रा समस्या समाधान गर्नेलाई भोट दिने हो ।’  -नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: