Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जनताको आश नेतामाथि, नेताको आश भगवानमाथि

मेरा केही योजना छैनन, चुनावपछि बनाउँछु : छन्द पहराई

गुल्मी, मंसिर १ । गुल्मी २(ख) का प्रदेश सभा उम्मेदवार छन्द पहराईले अहिले आफ्ना केही योजना नभएकोले चुनावपछि योजना बनाउन आउने बताएका छन् । आसन्न निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका पहराईले भोट भाग्न गाउँगाउँमा जाँदा यस्तो बताएका हुन् ।

‘यो गर्छु, त्यो गर्छु भन्दिनँ, तपार्इँसँग केवल मत माग्छु’ पहराईलाई उद्धृत गर्दै नेवि संघ केन्द्रिय सदस्य सुदर्शन खनालले भने– ‘जितेपछि के गरौँ भनेर योजना माग्न, समस्याको समाधान गर्न तपाइँसंग आउँछु ।’

मति भ्रष्ट नहोस, भगवानसँग प्रार्थना उनले जनतालाई केही आस्वासन दिनेभन्दा पनि चुनावपछि आफ्नो मतिभ्रष्ट नहोस् भनेर भगवानसंग कामना गरेको बताए ।

‘केवल एउटा मात्र प्रतिवद्धता व्यक्त गर्दछु, भगवानसँग प्रार्थना गर्दछु, जितेपछि अरुको जस्तो मेरो मतिभ्रष्ट नहोस’, उनले भने । धुर्कोट गाउँपालिका बासी पहराईले जातियताको आधारमा भोट मागेको मतदाताको भनाई छ ।

कुनै राजनीतिक एजेण्डा र विकासका योजनाबिना भगवानसँग प्रार्थना गर्दै हिँडेको आधारमा चुनावमा भोट दिन नसकिने मतादाताहरुले बताएका छन् । उनी राजनीतिक नेतृत्वमा माथिल्लो पहुँच पनि नभएकोले उनले क्षेत्रको विकासका लागि केही योजना नल्याएको मतदाताको ठम्याई छ ।

‘चुनावमा आउँदा त केही योजना लिएर आउन नसक्नेले चुनाव जितेपछि झन के गर्लान्’ धुर्कोट गाउँपालिका ३ हाडहाडेका रन बहादुर काउछाले भने ‘योजना बिनाका नेतालाई कसरी विश्वास गर्ने ?’

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: