राेल्पामा महरा, अनन्त र ओनसरीमाथि बम प्रहार

रोल्पा, मंसिर १ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’ र ओनसरी घर्तीमगरलाई लक्षित गरी बम प्रहार भएको छ ।

शुक्रबार अपरान्ह सुलीचौरबाट लिबाङ जाँदै गरेका माओवादी केन्द्रका वरिष्ठ नेताहरुलाई लक्षित गरी रोल्पा नगरपालिकाको सातदोबाटो र लिबाङको बीचमा पर्ने भदौरे जंगलमा अपरान्ह साढे १२ बजे दुईवटा बम विस्फोट गराईएको हो ।

जंगलबाट प्रहार गरिएको बम नेताहरु सवार गाडिभन्दा १० मिटर जंगलतिर फिस्फोट भएका थिए । बम विस्फोटले कुनै क्षति भएको छैन । उप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता महरा, वाम गठबन्धनबाट प्रतिनिधिसभामा रोल्पाबाट उम्मेदवार रहेका अर्का वरिष्ठ नेता अनन्त र निवर्तमान सभामुख घर्ती चुनावीसभालाई संबोधन गर्न सुलीचौरबाट लिबाङ जाँदै थिए ।

नेताहरु सकुशल लिबाङ पुगेका छन् । अहिले बम विस्फोट भएको एरियामा घेराबन्दी गरेर प्रहरीले आक्रमणकारीहरुको खोजी गरिरहेको छ । ‘हामी अहिले घेराबन्दी गरेर आक्रमणकारीहरुको खोजी गरिरहेका छौँ’, प्रहरी निरिक्षक सुदर्शन पन्थीले भने । प्रहरीले बम नेकपाका कार्यकर्ताहरुले विस्फोट गराएको दावि गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: