कांग्रेसहरूको बीचमा प्रचण्डको लोकप्रियता बढ्दो (हेर्नुहोस् फोटो फिचर)

भरतपुर, मंसिर १ । पुर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं.३ का प्रतिनिधीसभाका उम्मेदवार पुप्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार आफ्नै क्षेत्र आईपुगेको छ ।

वर्षौदेखि कांग्रेसको गढ क्षेत्र मानिँदै आएको भएपनि चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रचण्डलाई भव्य स्वागत गरिएको छ। भरतपुर वडा नं.६ को संयुक्त बामगठबन्धनको सम्पर्क कार्यलयको उद्घाटन गर्न त्यहा पुगेका उनलाई बाजागाजा सहित स्वागत गरिएको थियो ।

याे पनि पढ्नुस  इस्काभेटर चलाएर सडक बचाउ अभियानमा प्रधानमन्त्री

गितानगर चोकमा भएको कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसधारणहरुको उपस्थिती रहेको देख्न सकिन्थियो । सम्बोधनका क्रममा प्रचण्डले गितानगर क्षेत्र तथा वडा नं.६ को विकासको योजनाहरु उद्घोष गरेका थिए ।

चितवनसगं आफ्नो कुनै पनि सम्बन्ध नभई भावानात्मक सम्बन्ध रहेको स्पष्ट पारे । उनले आफ्नो भए जति सबै सम्पत्ती ,नाता गोता ,साथी भाई ईष्टमित्र चितवनमै रहेको बताउदै उनले यहाबाट उम्मेदवार बन्नु कुनै नौलो कुरा नभएको बताए ।

याे पनि पढ्नुस  माओवादी केन्द्रमा दर्जनौं नेताहरुको प्रवेश, माओवादीलाई जिताएरै छोड्छौं ‘बस्नेत’

उनले भने म जहा जम्मिए ,हुर्किए ,पढे लेखे त्यो ठाउ मेरा लागि पराई ठाउ हुन सक्दैन् । म अहिले चितवनको विकास गरि समृद्ध चितवन निमार्ण गर्न आएको उल्लेख गरे । चितवनले लगाएको गुन तिर्न आफु लामो समय पछि चितवन आउन पाएको गर्वको महशुस भएको बताए ।

याे पनि पढ्नुस  वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने

सफलखबरबाट साभार

कमेन्ट गर्नुहोस्