Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राप्रपाका वीरसिंह ठकुरी उम्मेदवारी नै त्यागेर माओवादी केन्द्रमा प्रवेश

रोल्पा, मंसिर २ । प्रदेशसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट उम्मेदवार रहेका वीरसिंह ठकुरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वाम गठबन्धनले शुक्रबार रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभामा सिंह राप्रपा प्रजातान्त्रिक परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

राप्रपा प्रजातान्त्रिकको केन्द्रीय सदस्य तथा राप्ती अन्चल प्रमुखसमेत रहेका सिंहले प्रदेशसभाको उम्मेदवारीसमेत त्यागेर वाम गठबन्धनलाई सहयोग गर्ने बताएका छन् ।

नेता सिंहलाई उपप्रधानमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री वर्षमान पुन, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल घर्तीलगायतले अबिर लगाई पार्टी प्रवेश गराएका थिए ।

पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबाट रोल्पाको प्रदेशसभा (क) बाट उम्मेदवारी दिएका थिए । सो पार्टीबाट प्रतिनिधिसभामा तीलबहादुर ओली र प्रदेशसभा (ख) मा हरिकला बुढाथोकीको उम्मेदवारी रहेको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: