चितवनकाे गीतानगरमा चुनावी अभियानमध्येकाे उत्कृष्ट प्रचण्डको मन्तव्य (भिडियाे)

काठमाडौं, मंसिर २ ।  चुनावी अभियानका क्रममा पु्र्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएकाे मन्तव्य सबैभन्दा उत्कृष्ट भएकाे दावी गरिएकाे छ ।

भिडियाे मै हेराैँ 

चितवनको गीतानगरमा आयोजित संयुक्त बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले बिपीको समाजवाद र गीरिजाप्रसाद कोइरालाको शान्ति प्रक्रियाप्रतिको निष्ठालाई अपमान गरेर कांग्रेसको प्रगति हुन नसक्ने बताएका थिए ।

राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल गरेकोप्रति संकेत गदै उनले गणतन्त्रको बिरोधहरुसँग कांग्रेसले गठबन्धन गरेर बिपीको समाजवाद भुलेको बताए ।

समाजवादको मुल सिद्धान्तबाट पार्टी विचलित हुँदै गइरहेको प्रचण्डको भनाई थियो । प्रचण्डले भने, ‘म तपाईहरुलाई सुझाव दिन चाहन्छु । बिपीको समाजवादतिर जानुस् । गीरिजा बाबूको शान्ति सम्झौतातिरै जानुस् ।’

चितवनकाे विकासबारे अध्यक्ष प्रचण्डले जारी गर्नुभएकाे प्रतिवद्दता-पत्र (पूर्णपाठ)

कमेन्ट गर्नुहोस्