दुईभन्दा बढी डिम्याट खाता रोक्का गरिने, ३५ दिनभित्र अाफैँ बन्द गर्न निर्देश

काठमाडौं, मंसीर २ । दुईभन्दा बढी हितग्राही(डिम्याट) खाता हुने लगानीकर्ताको खाता रोक्का गरिने भएको छ ।

केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी)ले दुई भन्दा बढी खाता हुने लगानीकर्तालाई खाता बन्द गर्नका लागि ३५ दिनको अल्टिमेटम दिएको छ । लगानी ब्यबस्थापनमा सहभागी हुनेलाई भने लगानी ब्यबस्थापन अनुसार खाता खोल्न सक्ने छुट दिइएको छ ।

यसअघि कार्तिक २६ गते पनि सीडीएससीले सुचना जारी गरी दुई भन्दा बढी खाता हुनेलाई बन्द गर्न आग्रह गरेको थियो । तर अझै केहि लगानीकर्ताले अटेर गर्दै दुइ भन्दा बढी खाता संचालन गरेको हुदा सीडीएससीले खाता बन्द नगर्ने लगानीकर्ताको खाता बन्द गर्ने चेतावनी दिएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: