भरतपुर ६ गितानगरका लागि प्रचण्डको ७ प्रतिबद्धता

कालोपत्रेदेखि बीसहजार तालको स्तरोन्नति

भरतपुर, मंसिर २ । भरतपुर वडा नं.६ का लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिबद्धता उद्घोष गरेको छ। बाल्यकाल अवस्थामा भरतपुर ६ गितानगरकै बाटो भएरै वरण्डाभार क्षेत्रबाट आफुले गोरु गाडामार्फत दाउरा लैजाने गरेको खुलासा गरे ।

यहाँको मलाई कुना–कप्चेरा थाहा छ, मैले यस ठाउँको कसरी विकास गर्नुपर्छ भनेर बुझेको छु । यस क्षेत्रको स्थानियको बारेमा पनि आफु जानकार रहेको बताए । अहिले चुनाव आयो भनेर मैले यस्तो काम गर्छु उस्तो गर्छु भनेको होईन । मेरो जिवनको बाँकी समय नै विकास गर्छु भनेरै म लागिपरेको छु । अब राजनीतिक एजेण्डा लिएर म आएको छैन, सबै विकासको योजना र नारामात्र लिएर तपाई भएको ठाउ आएको हुँ ।

गितानगरका लागि प्रचण्डका ७ प्रतिवद्धता यस्ता रहेका छन् ।

मुख्य सडक खण्डमा कालोपत्रे गर्ने

चितवन क्षेत्र नं.३ का बाम गठबन्धका साझा उम्मेदार पुष्पकमल दाहालले बाम सरकार बन्न साथ सबैभन्दा पहिले चितवनको मुख्य सडकको स्तरोन्नती तथा कालो पत्रो गर्ने कार्यलाई प्रथामिकतामा राख्नुभएको छ । उनले चुनाव प्रचारप्रसारको लागि घरदलो जाने क्रममा सडकको अवस्था जिर्ण पाएकाले सबैभन्दा पहिला मुख्य सडकलाई पिच गरी हाल्नुपर्ने देखिएको बताए ।

माडी ठोरी हुलाकी सडकलाई व्यावस्थित ढङगबाट विस्तार गर्ने
माडी ठोरी हुलाकी सडकलाई फाराकिलो पारि भारतलाई जोड्ने बिषयलाई पनि प्रथामिकतामा राखेको छ । उनले हुलाकी सडक खण्ड विस्तार गर्ने क्रममा केहि भवन संचनाहरुलाई हटाउनै पर्ने भए उचित मुअब्जा प्रदान गरेर मात्र सो कार्यलाई निरन्तरता दिने जानकारी दिए ।

स्थानिय स्वास्थय चौकी निर्माण गर्ने

स्थानियको स्वास्थयलाई मध्यनजर राख्दै स्थानीय स्वास्थ्य चौकी निमार्ण गरिने छ । २४ घण्टा आकस्मिक सेवासहितको सुविधा सम्पन्न अस्पताल निमार्ण गर्ने कार्यलाई अगाडी बढाइने उल्लेख गरे।

 रेडक्रस भवन निमार्ण गर्ने तथा स्थानिय क्याम्पसको स्तरउन्नती गर्ने

रेडक्रस भवन निमार्ण गरी विद्यार्थीहरुको लागि शौक्षिक कार्यक्रम संचालन गर्न मिल्ने गरी हल कोठा निमार्ण गर्ने रहेको छ । हलमा १ हजार विद्यार्थी अट्ने क्षमताको हुनेछ । यस कार्यलाई पनि विषेश प्रथामिकतामा राखेको बताए ।

 औद्योगिक क्षेत्र निमार्ण मार्फत युवाहरुलाई रोजगारी प्रदान

चितवनलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने गरी गितानगरमा दुग्धजन्य उद्योगको विकास गरी स्थानियलाई रोजगारीको अवसर प्रदान गर्ने रहेको छ । त्यही स्थानमा दुग्धजन्य पदार्थको एक्सपो सेन्टर बनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटक भित्रयाउने मिल्ने गरी निमार्ण गरिने प्रतिवद्धता व्यक्त गरे ।

बीस हजार ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने

बिस हजार ताल क्षेत्रलाई पिकनिक स्पोर्टस, चिडियाघर तथा पार्ककै रुपमा विकास गर्ने गरी त्यसको विकास गर्ने रहेको छ । विभिन्न प्रकारका जिवजन्तुको बारेमा अध्ययन गर्न मिल्ने गरी सुचना केन्द« निर्माण गर्ने रहेको छ । त्यस मार्फत धेरै भन्दा धेरै पर्यटक भित्र्याउने र स्थानियलाई रोजगारी प्रदान गर्ने प्रतिवद्धता रहेका छन् ।

कमेन्ट गर्नुहोस्