Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बाजागाजासहित रातात्मे उम्मेदवार

ललितपुर, मंसिर २ । गोदावरी क्षेत्रमा रहेका स्थानीय पहरी जातिको जात्रामा प्रयोग हुने बाजागाजाका उम्मेदवारहरुसँग हिड्दा खुशी मानिरहेका देखिन्छन् । स्थानीयवासी रामकृष्ण पहरी, तिर्थबहादुर पहरीको टिम गठबन्धनका तर्फबाट ललितपुरका उम्मेदवारहरु नवराज सिल्वाल र लालकुमारी पुन (शुसिला) सँगै ढ्यांग्रे बाजा बजाउँदै घरदैलोमा पुग्दा हरेक सडकबाटो वरपर रहेका सबै घरबाट आत्मस्य स्वागत पाइरहेका छन् ।

ललितपुर क्षेत्र नं.१ का प्रतिनिधी सभाका उम्मेदवार नवराज सिलवाल जहाँ पुग्छन्, त्यहाँ फूल र अविरले रंगिन्छन् । नवराज सिलवाल भन्छन्– ‘म आफू यसै क्षेत्रको स्थानीय भएको तथा बाम गठबन्धनप्रति आशा रहेको छ । ललितपुर १ मा म, सुशिला र चेतनाथलाई मत जाहेर गर्न यहाँका जनता ब्यग्र प्रतिक्षा रहेका छन् । हामी–हामीलाई माया गर्ने जनतालाई सधै शिरमा राख्छौं उनीहरुलाई समस्या हुन दिदैनौं ।’

गोदावरी क्षेत्र पुग्दा हजारौ स्थानीयवासी र शुभचिन्तक नवराज सिलवाल सुशिला जिताऔं नाराका साथ परिक्रममा ब्यस्त देखिएका थिए । ललितपुर १ ‘क’ प्रदेश सभाकी उम्मेदवार सुशिला भन्छिन्– ‘यस्तो आत्मियता, हार्दिकता र शुभेच्छा हामी हौसिएका छौं । हाम्रो जित र सुन्दर भविष्यका लागि जनताहरु उत्साहित छन् ।’

ललितपुर १ ख प्रदेश सभाका उम्मेदवार चेतनाथ सञ्जेल नवराज सिल्वालसँगै घर दैलोमा पुग्छन् । उनी पुग्दा घरबेटीहरु जितको आशिर्वाद पाउँछन् । उम्मेदवार चेतनाथ सञ्जेल भन्छन्, ‘हामीलाई वृद्धवृद्धाको आशिर्वाद छ, युवाको विश्वास छ । हामी चुनावका लागि मात्र होइन, जनताका लागि लडेका हौं । त्यसैले हाम्रो जित हुनेमा हामी ढुक्क छौं ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: