मुस्लिम समुदायले टोपी उपहार दिए महरा र पोखरेललाई

दाङ, मंसिर २ । सबै धर्म र समुदायलाई सम्मान गर भन्दै बाम गठबन्धनका नेता कृष्णबहादुर महरा र शंकर पोख्रेललार्इ मुस्लिम समुदायले टोपी उपहार दिएका छन ।

क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णबहादुर महरा र प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार शंकर पोख्रेललाई घोराहीको कार्यक्रममा मुश्लिम समुदायले स्वागत स्वरूप टोपी उपहार दिएका हुन ।

स्वागत समारोहलाई सम्वोधन गर्दै महराले नेकपा माओवादीले विगतदेखि नै अल्पसंख्यक जात जाति र समुदायको आवाज बुलन्द गर्दै आएको बताए ।

अब उत्पीडित वर्ग समुदायका अधिकारका लागि वाम गठबन्धनलार्इ अत्याधिक बहुमतले जिताउन आग्रह गरे । त्यस्तै पोख्रेलले सबै धर्मालम्विबीच भावनात्मक एकता आवश्यक रहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: