Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चुनाव लगत्तै पार्टी एकता गर्छौं– अध्यक्ष ओली

दमक, मंसिर २ । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव लगत्तै एमाले र माओवादीबीच पार्टी एकता हुने बताएको छ।

झापाको दमकमा आयोजित सभामा ओलीले भने– ‘हामी पार्टी एकता र तालमेलबारे छलफल गर्दागर्दै चुनाव आयो । पहिला सम्पूर्ण रुपले चुनावमा होमिने निर्णयमा पुग्यौं । समय नपुगेका कारण चुनाव अघि पार्टी एकता भएन । चुनाव लगत्तै हामी पार्टी एकता गर्छौं, नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउँछौं । राजनीतिक स्थिरता र समाजवादको यात्रामा अघि बढ्छौं।’

कांग्रेसले हामीलाई लोकतन्त्रको पाठ पढाइ रहनु पर्दैन। हामी आफै लोकतन्त्रका लागि सङ्घर्ष गरेका छौं, जेल नेल भोगेका छौं’ ओलीले भने– ‘हाम्रो लोकतन्त्रमाथिको निष्ठामा कसैले शंका गर्नुपर्दैन, लोकतान्त्रिक प्रक्रियाबाटै समाजवादमा जान्छौं । देशमा स्थिरता कायम गर्छौं, विकासको युगमा प्रवेश गर्छौं, बेरोजगारी अन्त्य गर्छौं, कम्युनिष्टहरुकै नेतृत्वमा देशको मुहार फेरिन्छ। पुसको पहिलो हप्ता बामपन्थीको बहुमतको सरकार बन्छ।’

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: