एमाले–माओवादीको भेलामा बम प्रहार, ११ घाइते

रौतहट, मंसिर २ । चन्द्रनिगाहपुर–५ कृष्ण मन्दिर नजिक बाम गठबन्धनको संयुक्त भेलामा बम प्रहार भएको छ ।

बमको आक्रमणमा परि ११ जना घाइते भएका छन ।

सभामा बम आक्रमणमा परि सिकिस्त एक जना बालक र अन्य दुई जनालाई थप उपचारका लागि भरतपुर लगिएको छ ।

बम क़सले प्रहार गर्यो भन्ने खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान तीब्र पारेको जनाएको छ ।

यसअघि शुक्रबार नुवाकोटमा चुनाव प्रचारको गाडीमा बम आक्रमण गरिएको थियो ।

 

 

कमेन्ट गर्नुहोस्