Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतीय सुन्दरी मानुषी छिल्लरलाई मिस वल्र्डको ताज

काठमाडौं, मंसिर ३ । भारतीय सुन्दरी मानुषी छिल्लर यो वर्षको मिस वल्र्ड बन्न सफल भएकी छन् ।

भारतको हरियाणा राज्यकी २० वर्षीया छिल्लर चीनमा सम्पन्न ६७ औं मिस वल्र्ड प्रतियोगितामा १ सय ८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुम्न सफल भएकी हुन् ।

चीनको सान्या सिटीमा आयोजित प्रतियोगितामा छिल्लरलाई सन् २०१६ कि विश्व सुन्दरी प्युर्टो रिकोकी स्टेफेनिया डेल भ्यालेले मिस वल्र्डको ताज पहि¥याएकी थिइन् ।

सन् १९६६ पछि भारतका कुनै पनि सुन्दरीले मिस वल्र्डको उपाधी जितेको यो पहिलो पटक हो । छिल्लर मेडिकल शिक्षामा अन्तिम वर्ष अध्ययन गरिरहेकी विद्यार्थी हुन् ।

मिस वल्र्ड २०१७ मा नेपालको तर्फबाट सहभागी मिस नेपाल निकिता चन्दक भने उत्कृष्ट ४० को पहिलो राउन्डबाट अगाडि बढ्न सकिनन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: