प्रकाश दाहाललाई हृदयाघात, स्वास्थ्य अवस्था सुधारउन्मुख

काठमाडौं, मंसिर ३ । नेकपा माअोवादी केन्द्रका केन्द्रिय सदस्य प्रकाश दाहाललाई हृदयाघात भएको छ ।  दाहाललाई अाज बिहान पाँच बजेतिर अस्पताल लगिएकाे हो ।  अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।

अहिले उनको अवस्था सुधारउन्मुख रहेको दाहालको उपचारमा संलग्न एक डाक्टरले  जानकारी दिए ।

चुनावी अभियानमा रहेका माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झापाबाट काठमाडौं फर्किँदैछन् । मोरङको विराटचोकमा  हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर दाहाल काठमाडौं फर्कन लागेका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: