Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जिम्बाबेमा राष्ट्रपतिको राजीनामा माग गर्दै हजारौं नागरिकद्वारा प्रदर्शन

काठमाडौं, मंसिर ३ । जिम्बाबेको राजधानी हरारेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामा माग गर्दै हजारौं नागरिक सडकमा उत्रिएका छन् ।

राष्ट्रपति मुगाबेकोे पकड अन्त्य गर्न सेना सफल भएको भन्दै उनीहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकै क्रममा प्रदर्शनकारीले राष्ट्रपति मुगाबेबिरुद्ध नारा लगाउनुका साथै पुत्ला दहन गरेका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपति मुगाबेको कार्यालयदेखि उनको घरसम्म र्‍याली निकालेका छन् ।

राष्ट्रपति मुगाबेले गत साता उपराष्ट्रपति इमरसन मनंगावालाई पदच्यूत गरी आफ्नी पत्नी ग्रेस मुगाबेललाई उपराष्ट्रपति बनाएका थिए ।

यसैबीच जिम्बावेको सरकारी टेलिभिजनले मुगाबेले सेना प्रमुखसँग आज भेट गर्ने जनाएको छ । मुगाबेलाई अन्तिम समयसम्म साथ दिएका संघर्षका योद्धाहरुले पनि मुगावेले सत्ता छोड्नुपर्ने माग गरेका छन् ।

गत बुधवार सेनाले शक्ति हातमा लिएपछि ९३ वर्षीय मुगाबे घर मै नजरबन्दमा छन् । नजरबन्दपछि शुक्रवार उनी पहिलो पटक सार्वजनिक समारोहमा देखिएका थिए ।

३७ वर्ष सत्तामा रहेका मुगाबेले आफ्नो उत्तराधिकारी छान्ने क्रममा शक्ति संघर्ष देखिएपछि सेनाले पछिल्लो कदम चालेको हो । सन् १९८० मा बेलायतबाट स्वतन्त्र भएपछि जिम्बावे मुगाबेको नेतृत्वमा थियो ।(एजेन्सी)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: