विप्लवका कार्यकर्ताले नमुना पत्र च्याते

बागलुङ, मंसिर ३ ।  बागलुङ  जिल्लाको पश्चिमी क्षेत्र निसीखोला गाउँपालिकामा मतदाता शिक्षा सिकाउन गएका चार जना महिलाहरुलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएर चुनाव प्रचारका लागि प्रयोग गरिने पोस्टर च्यातेर नष्ट गरेका छन् ।

शनिबार निसीखोला – ३ को याङम्याङ र वडा नं. ४ मा नमुना मतपत्र र पोस्टर लिएर मतदातालाई सिकाउन हिँडेका चारजना महिला मतदाता शिक्षा कर्मचारीलाई याङम्याङको जंगलमा घेराहालेका थिए ।

उनीहहरुले नमुना मतपत्र र पोस्टर जबरजस्ती खोसेर च्यातेको र आगामी दिनमा निर्वाचनको कार्यमा खटिएको पाइए जस्तो सुकै कारबाही गर्ने धम्की दिएको वडा नं ३ की मतदाता शिक्षा कर्मचारी निरमाया शाहीले बताइन् ।

चार जनाको समहुमा आएका उनीहरुले झोला, परिचय पत्र, पोस्टर र नमुना मतपत्र जलाउने प्रयास गरेका थिए । तर उनीहरुसँग प्रज्वलनशील पर्दाथ नभएका कारण झोला र परिचयपत्र जोगाउन सफल भएको शाहीले जानकारी दिइन् ।

घटना थाहा पाए लगत्तै प्रहरी चौकी झिवाखोलाको टोली त्यसक्षेत्रमा खटिएको छ ।

वडा नं ३ प्रभा मावि मतदान केन्द्रका निरमाया शाही र सुमित्रा शाही, वडा नं ४ जनमावि झिम्पा मतदान केन्द्रका कर्मचारी राधिका शर्मा र सुमित्रा पौडेललाइ नियन्त्रणमा लिएर नमुना मतपत्र च्यातेका थिए ।

कमेन्ट गर्नुहोस्