बुबा प्रचण्डलाई पुत्र शोकः रहेनन् अब प्रकाश दाहाल

पत्नी बिना मगर पतिको शाेक भावविह्वल, लाजिम्पाटबाट सीता दाहाल भने अाएकी छैनन्

काठमाडौं, मंसिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एकमात्र सुपुत्र प्रकाश दाहालको आज बिहान अाकस्मिक निधन भएको छ ।

आज बिहान ५ बजेतिर अचेत अवस्थामा थापाथलीस्थित नर्भिक हस्पिटलमा पुर्याइएको थियो । अामाले बिहान अाफ्नो छोरा प्रकाशलार्इ अाेछ्याउनमा बोलाउँदा केही चालचुल नभएपछि उनलार्इ तत्कालै नर्भिक हस्पिटल ल्याइएको हो । हस्पिटलमा ल्याउनुअघि नै उनको शरीरमा जीवनको कुनै संकेट देखिएको थिएन, शरीर निकै चिसो थियो । आँखाको नानी खुलिसकेको थियो । अस्पतालले औपचारिक घोषणाका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको छ ।

मृत्युको कारण खुलाइएको छैन । प्रकाशलाई बिहान साढे ५ बजे उनका दुई सहयोगीले अस्पताल ल्यार्इ पुर्‍याएको अस्पतालले जनाएको छ । अस्पतालमा पुर्याइएलगत्तै केही बेरमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । तर यसको आधिकारिक पुष्टि गरेको छैन । उनको निधनको खबर फैलिएसँगै अस्पतालमा नेकपा माओवादी कार्यकर्ता तथा पत्रकारको बाक्लो उपस्थिति रहेको छ ।

झापामा रहेका नेकपा माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किसकेको छ । चितवनबाट दाहालकी दिदी रेणु, कान्छी छोरी पनि साथमा अाएकी छन् भने  परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदै छन्। पत्नी  बिना मगर पनि कञ्चनपुरबाट फर्कदैँ छन् ।

नर्भिक हस्पितलमा सुरक्षाकर्मी, सञ्चारकर्मी, अाफन्तजहरु तथा सर्वसाधारणहरुकाे बाक्लो भीड लागिरहेको छ । अस्पतालका चिकित्सकहरुले पत्रकार सम्मेलन गरी प्रकाश दाहालको निधनको बारेमा जानकारी दिएका छन् ।

नर्भिक हस्पिटलमा सुरक्षा प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा रहेका छन् ।

अरु विवरण अाउन अझै बाँकी रहेको छ

कमेन्ट गर्नुहोस्

%d bloggers like this: