प्रकाश दाहालको पार्थिव शरीरको अन्त्येष्टि ४ बजे पशुपतिमा गरिने

अस्पताल पुर्याउनुभन्दा तीनघण्टा अघि नै निधन भइसकेको खुलासा

काठमाडौ., मंसिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो छोराको निधनको खबर पाएपछि तत्काल झापाबाट चुनावी अभियान स्थगित गरी काठमाडौं आएका प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । उनका साथमा छोरी रेणु पनि छिन् ।

कोटेश्वरको पेरिसडाँडास्थित रहेको नेकपा माओवादी केन्द्र पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिएर प्रकाशको पार्थिव शरीर ४ बजेपछि पशुपतिमा अन्त्यष्टि गरिने जनाइएको छ ।

उनको मृत्युको बारे अस्पतालले आकस्मिक ह्दयघात भएको जनाएको छ । उलाई अस्पताल पुर्याउनुभन्दा तीन घण्टा अघि नै मृत्यु भएको अस्पताल श्रोतको भनाई छ ।

 

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: