बाम गठबन्धन टुटदैन- भुषाल

ललितपुर, मंसिर ३ । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले बाम गठबन्धन त्यति सजिलै नटुट्ने बताएकी छिन् । ललितपुर महानगरपालिकाको वडा नं.१३ मा आयोजित एक कार्यक्रम भुषालले नेपालको दिगो सम्बृद्ध र विकासलाई केन्द्रीत गर्दै गठबन्धन निर्माण भएको वताइन् ।

भूषाल भन्छिन्– ‘नेपालको विकासका अवरोध अल्पायुका सरकार हुन् । सरकार बन्दा नबन्दै टुट्ने खेल शुरु हुने भएकोले अव हुने निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई जिताउँदै स्थिर सरकार निर्माण गर्नको लागि जनतामा आव्हान गर्दछु ।”

सम्बृद्ध नेपालका निर्माणको अभियान बोकेर बाम गठबन्धन अघि बढेको बताउँदै नेतृ भूषालले नेपालको विकास अवसम्भावी छ, आफ्नो पार्टी पहिले राजनीतिक क्रान्तिमा रहेको र अव आर्थिक क्रान्तिमा लाग्ने बताइन् ।

कार्यक्रममा बोल्दै ललितपुर क्षेत्र नम्बर ३ प्रदेश सभाका उम्मेदवार राजकाजी महर्जनले अवको चुनावबाट युवाहरुले नेतृत्वमा हस्तक्षेपकारी भूमिका खेल्ने बताए । पहिलो संविधान सभाको निर्वाचनका समय आफु जम्मा २५ बर्षको उमेरमा संविधान सभा सदस्य निर्वाचित भएको सम्झदै महर्जनले भने, “अव विकासको सम्बाहक युवा हुन्, युवाको शक्ति पहिले आन्दोलनमा प्रयोग हुन्थ्यो भने, देशको सम्बृद्धि लाग्नेछ । नेपालको विकास योजना परिवर्तनकारी शक्ति बाम गठबन्धनसँग मात्र छ ।”

उक्त भेलामा वडा ललितपुर महानगरपालिका वडा नम्बर १३ का स्थानियवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढ्दै गईरहेको सन्दर्भमा ललितपुरबाट निर्वाचित पूर्व जनप्रतिनिधी समेत रहेका पम्फा भूषाल र राजकाजी महर्जन ललितपुरलाई पुन कम्युनिष्टहरुको आधार क्षेत्रको रुपमा फर्काउन सक्रिय छन् । पहिलो संविधानसभा निर्वाचनमा नेतृ पम्फा भूषाल ललितपुर क्षेत्र नम्बर ३ र राजकाजी महर्जन ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्