श्रृखलाबद्ध बम आक्रमणका घटना बढेसँगै कैलालीको सुरक्षा व्यवस्था कडा

लोकेश धामी

कैलाली, मंसिर ३ । विभिन्न जिल्लामा सुरक्षालाई चुनौती दिने गरी बम बिस्फोटका घटना बढेसँगै कैलालीको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनैपनि अप्रिय घटना नहोस् भनेर जिल्लाको सुरक्षा थप मजबुत पारिएको हो ।

श्रृखलाबद्ध तरिकाले देशका विभिन्न जिल्लामा उम्मेद्वारलाई लक्षित गर्दै आक्रमणका क्रियाकलाप भइरहेकाले यहाँका सीमा क्षेत्रमा पनि कडा पारिएको प्रहरीको दाबी छ । निर्वाचन विरोधी गतिविधि गरिरहेको विप्लव नेतृत्वको नेकपाबाट बढी सुरक्षा चुनौती रहेको भन्दै उसका कार्यकर्तामाथि पनि निगरानी बढाउनुका साथै शंकास्पद कार्यकर्ताहरुको खोजी कार्य तीब्र पारिएको प्रहरीको भनाई छ ।

निर्वाचनको मिति नजिकिएसंगै विभिन्न जिल्लामा लगातार उम्मेद्वारलाई लक्षित गर्दै बम आक्रमणका घटनाहरु भइरहेकाले कैलालीको सुरक्षा व्यवस्था कडा पारिएको हो । अहिले जिल्लाका सम्पूर्ण सीमा नाकामा सुरक्षा निगरानी चुुस्त पारिएको र सुरक्षाकर्मी पनि थप परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढामगरले जानकारी दिए ।

अन्य जिल्लामा लगातार बम बिष्फोटका घटना भइरहेका भए पनि कैलालीमा उम्मेद्वाररुले भने अहिलेसम्म थप सुरक्षाका लागि अंग रक्षकको माग भने गरेका छैन । केही दिन अघिसम्म देशका विभिन्न ठाउ“मा बाम गठबन्धन लक्षित आक्रमण भइरहेका थिए । तर, हिजो कांग्रेस उम्मेद्वारमाथि पनि आक्रमण भएपछि थप सुरक्षा चुनौति बढेको प्रहरी जनाएको छ । यदि उम्मेद्वारले आफू माथि सुरक्षाको प्रत्याभूति नभएको महशुस गरेमा अंग रक्षक राख्न आग्रह गर्न सक्ने प्रहरी प्रवत्ता एवम् डिएसपी बुढामगरले बताए ।

देशका अन्य ठाउ“मा विप्लब कार्यकर्ताले उम्मेद्वारलाई लक्षित गरि दिनहु“ बम बिष्फोट गराइरहेको प्रहरीले जनाएको छ । त्यसै कुरालाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था नखल्बलियोस् भनेर विप्लबका कार्यकर्ताको खोजी कार्य तीब्र पारिएको समेत प्रहरीले जनाएको छ । हालसम्म चार जना कार्यकर्ता नियन्त्रणमा लिएको छ । स्थानीय तहको चुनावमा पनि बिप्लबका १५ जना जति कार्यकर्ता प्रहरीको नियन्त्रणमा लिइएको थियो ।

प्रदेश नं.७ का अन्य भन्दा कैलाली विप्लवका कार्यकर्ता बढी भएको जिल्लाका रुपमा पनि चिनिन्छ ।

यस्तै सुरक्षा चुनौती बढाउन सक्ने भन्दै केही हप्ता अघि स्थानीयलाई नजिकको प्रहरी चौकी कहा“ बैध हतियार बुझाउन आग्रह गरेपनि अहिलेसम्म बुझाएका छैनन् । हतियार बुझाउन अटेर गरेकाले अब घर धनीको पहिचान गर्दै आफैं हतियार संकलन कार्यमा लाग्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: