प्रचण्डले आफ्ना नेता–कार्यकर्तालाई यस्तो निर्देशन दिए

काठमाडौं, मंसिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकमात्र छोरा प्रकाश दाहालको निधन भएपछि निर्वाचनका सबै कार्यक्रम स्थगित गरेर नेताहरु राजधानी आएपछि चुनावी आफ्ना नेता–कार्यकर्तालाई नरोक्न निर्देशन दिएका छन् ।

निर्वाचनका सबै कार्यक्रमहरु सुचारु राख्न प्रचण्डले सिंगो पार्टी कमिटीलाई निर्देशन दिएका हुन् । चुनाव नजिकै आइसकेको भन्दै पार्टीको गतिबिधि रोक्न नहुने पक्षमा प्रचण्ड रहेको माओवादी प्रबक्ता पम्फा भुसालले बताइन् । ‘विभिन्न जिल्लामा चुनावी कार्यक्रमरु रोकिएका खबरहरु आएका छन्,’ उनले भनिन्– ‘अध्यक्ष कामरेड प्रचण्डले निर्वाचन सम्बन्धी कुनै पनि कार्यक्रम नरोक्न निर्देशन दिएको छ ।’

आज बिहान निधन भएका प्रकाशको शवलाई अपरान्ह ४ बजे पशुपतिमा अन्त्येष्टि गरिने माओवादीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: