क. प्रचण्ड, राष्ट पिता बन्नुहोस

युद्ध प्रेम बाट जन्मिएको प्रचण्ड परिवार

रमेश विश्वकर्मा/
जिवन दर्शनका दुईवटा पाटा अकाट्य हुन्छन, जन्म र मृत्यु । जिवन विना मृतु र मृत विनाको जिवन जिवन नै होईन, यो कल्पना मात्र कल्पना हो । जन्मदा कुन महिना जन्मिन्छ थाहा हुन्छ, कुन दिन कति वजे, कति सेकेन्डमा जन्मीने हो भन्ने जिवनको पहिलो रहस्य हो, तर विज्ञानले जिवनका यिनै रहस्यहरु माथी दिन प्रतिदिन चुनौती थपि दिएको छ । मृत्युका सवालमा त विज्ञानले पनि मात खाएको छ, यति विशाल विज्ञानले मृत्युको भविष्यवाणी गर्न नसक्दा जिवनको अन्तिम रहस्य बनेको छ मृत्यु ।

विसाल जगतमा एक छत्र राज गर्ने हस्तिहरुले पनि मृत्युलाई सहर्श स्विकारे । मृत्यु बाट हामी जो कोही पर छैनौ । सवै जिव र जिवनको अन्तिम र एउटै यात्रा हो मृत्यु । माक्र्श, लेलिन, माओ, राजा, रानी प्रजा, गरिव धनि सवै मरे उनिहरुका छोराछोरीहरु पनि मरे । फरक यति हो जति महान र त्याग भए पनि बाबु आमालाई आफ्नो सन्तानको लास वोक्नु र लास देख्नु जस्तो अर्को ठुलो पिडा केहि हुन सक्दैन ।

प्रचण्ड पुत्र प्रकाश दहाल साकार सानो उम्मेरमै मुक्ति आन्दोलनमा होमिएको पात्र हुन प्रचण्डले युद्धको नेतृत्व गर्दै गर्दा बाबुको सुरक्षार्थ माओवादी पाटीमा आवद्ध थिए । जिवनलाई मुत्ति र मृत्यु सम्म साट्ने साकार प्रचण्डको निजि सचिव र पाटीको सिपाही बने मृत्युलाई रोजेर जिवन खोजे, यति ठुलो विद्रोहमा प्रचण्ड स्वयम र प्रचण्डको परिवार शान्ति प्रकृया पश्चात शुरक्षित अवतरण भए यति ठुलो खतराको घेरा भित्र पनि मृत्यु सँग साक्षात गरेर बाचेको परिवार हो प्रचण्ड परिवार र प्रकाश ।

स्वर्गिय क. प्रकाशको मृतआत्माको चिर शान्तिको कामना सहित श्रदान्जली ! शोक सन्तप्त दहाल परिवारमा समवेदना ।

युद्धमा २ वटा चिज हुन्छ पहिलो युद्ध प्रेम र युद्ध राजनिति, प्रचण्ड युद्ध राजनिति बाट स्थापित नेता हो, प्रचण्ड परिवार युद्ध प्रेम बाट जन्मिएको परिवार, यो परिवारमा अन्य परिवार भन्दा ज्यादा प्रेम हुन्छ, शौहार्दता हुन्छ । त्यसैले प्रचण्डले राजनिति हार्दा पनि मलाई अकाट्य पिडा हुन्छ, प्रचण्ड परिवारको सदस्य गुम्दा पनि अकाटय पिडा । त्यति ठुलो युद्ध बाट मृत्यु जितेर आएको सिंगो परिवारमा आज विछिप्तता छाएको छ, सिंगो राष्ट, सिंगो पाटी पंत्ति, शुभेच्छुक राष्टिय अन्र्तराष्टिय जगत स्तब्ध बनेको छ, सवै सोकाकुल जनहरुमा समवेदना ।
चार पाच दिन जति भयो मैले प्रकाश दहालको फेसबुक लाईभ देख्न नपाएको, सवै राजनैतिक घटनाहरुको आधिकारिकता मैले प्रकाशकै फेसबुकलाई मान्थे, पछिल्लो केहि दिनमा न गारेर्खाका लाईभ आयो न बाग्लुंगको, अप्रत्याशित प्रकाश दहालको मृत्युको खवरले प्रकाशलाइ गाली गरे जस्तै लाग्यो । हत्त पत्त कान्तिपुर अनलाईन पोर्टल खोले र एभिन्युज च्यानल लगाए जता ततै प्रकाश दहालकै मृत्युको खवरहरु थिए ।

क. प्रचण्ड यो दुखत खवरले हामी सिंगो युवा पुस्ता, मर्माहित भएका छौ, हाम्रो पुस्तालाई अपुरणिय क्षति भएको छ, हिजो सम्म केवल माओवादी पाटीको अध्यक्ष मात्र हुनु हुन्थ्यो, आज बाट तपाई सिंगो हाम्रो पुस्ता र राष्टकै पिता बन्नु भएको छ, तपाईका हरेक अप्ठयारोमा सिंगो पाटी, सिंगो जनता र राष्टले समपर्ण गर्ने छ, क. प्रकाशको सपना साकार पार्न सवै छोराहरु प्रकाश बन्नेछन ।

अन्तमा हामीले मृत्युलाई जित्न सक्दैनौ केवल स्विकार गर्न सक्छौ, यहि सत्यलाई सिरोपर गर्दै एक महान पिता युगको जननी, सिंगो राष्ट र जनताको पिता बन्ने शत्ति मिलोस दहाल परिवार र सिगो राष्ट प्रति समवेदना ।

कमेन्ट गर्नुहोस्