साउदी र इरानबीच दुस्मनी किन ? दुवै सीधा लडाइँका लागि तयार छैनन् !

 तेहरान र रियादले प्रोक्सी वार गर्दै आएका छन् । दुवै सीधा लडाइँका लागि तयार छैनन् । तर, यमनले रियादमा एउटा मात्र रकेट प्रहार गर्यो भने पनि समीकरण बदलिन सक्छ ।

साउदी अरब र इरानबीच यतिखेर तनाव छ । यी दुवै देश लामो समयदेखि एकअर्काका विरोधी रहेका छन्, तर पछिल्ला केही दिनयता अवस्था अझै गम्भीर भएको छ । साउदी अरब र इरान दुवै शक्तिशाली छिमेकी हुन् र क्षेत्रीय प्रभुत्वका लागि लडिरहेका छन् । दशकौँ पुरानो यस विवादको पछाडिको कारण धार्मिक मतभेद नै हो । दुवै राष्ट्र इस्लामको अलग–अलग पन्थलाई स्विकार्छन् । इरानमा अधिकांश सिया मुसलमान छन् भने साउदी अरब आफूलाई एक सुन्नी मुस्लिम शक्तिका रूपमा हेर्ने गर्छ ।

यस्तो धार्मिक फुट अन्य खाडी देशमा पनि देखिन्छ, जहाँ सुन्नी र सिया मुसलमान छन् । केही देश समर्थनका लागि इरानतिर हेर्छन् भने केही साउदी अरबतिर । ऐतिहासिक रूपमा साउदी अरबले आफूलाई मुस्लिम संसारको नेता मान्ने गरेको छ । तर, १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिले यसलाई च्यालेन्ज गरेको छ । यसले यस क्षेत्रमा एक नयाँ प्रकारको राज्य निर्माण ग¥यो— एक धर्मतन्त्र । यस मोडललाई आफ्नो सीमाबाट पनि अगाडि फैलाउने लक्ष्य थियो ।

पछिल्ला १५ वर्षमा इरान र साउदी अरबबीचको दूरी थप बढेको छ । २००३ मा अमेरिकाको अगुवाइमा सद्दाम हुसेनलाई गद्दीबाट हटाइएको थियो, जो इरानका विरोधी थिए । २०११ मा अरब जगत्का कैयौ“ भागमा आन्दोलन भए । जसका कारण राजनीतिक अस्थिरता पैदा भयो । इरान र साउदी अरबले यस अवसरलाई सिरिया, बहराइन, यमन जस्ता देशमा आफ्नो प्रभाव फैलाउने कार्यका रूपमा उपयोग गरे । इरानका आलोचकको भनाइ छ कि इरान पूरै यस क्षेत्रमा आफ्नो वा आफ्ना मित्रशक्तिको वर्चस्व बढाउन चाहन्छ । ऊ भूमध्य सागरसम्म फेलिएको भूमिमाथि नियन्त्रण हासिल गर्न चाहन्छ ।

दुई राष्ट्रबीचको यो झगडा बढ्दै गइरहेको छ । कैयौँ अर्थमा इरानले यो क्षेत्रीय लडाइँ जितिरहेको छ । सिरियामा इरान र रुसले राष्ट्रपति बसर अल असदलाई समर्थन दिएको छ, जसबाट साउदीको समर्थन प्राप्त विद्रोही गुटलाई हटाउने कार्यमा सफलता प्राप्त भएको छ । साउदी अरब आफ्नो देशमा इरानको प्रभावलाई कम गर्ने पूरै कोसिस गरिरहेको छ । साउदी अबका युवराजले इरानको प्रभाव कम गराउनैका लागि यमनविरुद्ध युद्ध सुरु गरिदिएका थिए । तर, यी तीन वर्षपछि उनलाई
यो युद्ध निकै महँगो परिरहेको छ ।

उता लेबनानमा कैयौँ मानिसको बुझाइ छ कि उहाँका प्रधानमन्त्रीले साउदी अरबको दबाबमा राजीनामा दिएका हुन्, ताकि देशमा अस्थिरता पैदा हुन सकोस् । यहाँ सिया हिजबुल्लाले एक ठूलो राजनीतिक ब्लकको नेतृत्व गरिरहेको छ र उसको साथमा हतियारबन्द एक निकै ठूलो सेना छ । केही बाहिरी शक्तिको पनि यसमा योगदान छ । साउदी अरबलाई डोनाल्ड ट्रम्पको समर्थन छ । इजरायल, जो इरानलाई खतराका रूपमा देख्ने गर्छ, ऊ इरानलाई रोक्नका लागि साउदी अरबको प्रयासको समर्थन गरिरहेको छ । इजरायललाई सिरियाको बोर्डरनिकट कब्जा जमाएको इरान समर्थक लडाकुबाट डर छ ।

इजरायल र साउदी अरब दुवै देशले इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने २०१५ को अन्तर्राष्ट्रिय सम्झौताको विरोध गरेका थिए र भनेका थिए कि यो सम्झौता इरानलाई आणविक बम प्राप्त गर्नबाट रोक्नका लागि पर्याप्त छैन ।

साउदीको क्याम्पमा युएई, कुवेत, बहराइनजस्ता सुन्नी देश छन् । जोर्डन र इजिप्ट पनि यसको पक्षमा उभिएका छन् । इरानको समर्थनमा सिरियाको सरकार छ, जसलाई इरानका अतिरिक्त सिया लडाकु गुटको पनि समर्थन प्राप्त छ । यसमा हिज्बुल्ला पनि सामेल छ, जो सुन्नी विद्रोहीसित लड्दै आएका छन् । सिया जनसंख्यावाला इराक सरकार पनि इरानको साथमा छ । तर, उसको अमेरिकासित पनि विशेष सम्बन्ध छ, जसको सहयोगबाट उसले आइएससित लडाइँ लडिरहेको छ ।

इरान र साउदी अरब सीधा लड्दैनन् । तर, उनीहरू ‘प्रोक्सी वार’ गरिरहेका छन् । सिरिया यसको उदाहरण हो । जसले आरोप लगाएको छ कि इरानले हुथी विद्रोहीहरूलाई मिसाइल सप्लाई गरेको छ, जो साउदीका केही इलाकामा प्रहार गरिएका थिए ।

अहिलेसम्म तेहरान र रियादले प्रोक्सी वार गर्दै आएका छन् । दुवैमध्ये कोही पनि सीधा लडाइ“का लागि तयार छैन । तर, यमनले रियादमा एउटा मात्र रकेट प्रहार ग¥यो भने पनि समीकरण बदलिन सक्छ । -बिबिसीबाट

(मार्कस बिबिसीका रक्षा तथा कूटनीतिक संवाददाता हुन्)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: